लिलामणि विरुद्ध परेन,दिपकुमार विरुद्ध ३ उजुरी

बुटवल,असोज ५ । चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेल विरुद्ध संसदीय सुनुवाई समितिमा कुनैपनि उजुरी परेको छैन। इमान्दार ब्यक्तिका रुपमा चर्चा कमाएका पुर्व मुख्य सचिव पौडेल विरुद्ध कसैले पनि उजुरी हालेका छैनन । तर भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायका विरुद्ध भने तीन वटा उजुरी परेका छन्। उजुरीमा अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः राजदूत नियुक्त गर्न नहुने र उपाध्याय राजदूतका लागि योग्य नरहेको उजुरी कर्ताले दावी गरेको बताइएको छ । संसदीय सुनुवाइ विशेष समितिलेको बुधवारको बैठकले उजुरी अध्ययन गर्न सदस्यहरुलाई वितरण नेपाली काग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।यसैगरी समितिले नेपाल बार एशोसियशनका तर्फबाट न्याय परिषद्को सदस्यमा सिफारिस भएका प्रस्तावित रामप्रसाद सिटौलाका विरुद्ध उजुरी आव्हान गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिनुभयो  ।

Comments

comments

अघिल्लो समाचार
अर्को समाचार

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.