काठमाडौ । असार २३ । सरकारको आदेश बमोजिम बैशाख ३१ को चर्को गर्मी र असार १४ मो मध्य झरीमा स्थानीय तह निर्वाचन गर्न बाध्य भएको निर्वाचन आयोगले तेश्रो चरणको निर्वाचन गर्नुपर्ने असार २ गतेको समय सवैभन्दा खराव भनेको छ ।
कानूनमै सरकारले निर्वाचनको मिति तोक्ने गरि कानून बनाएपछि समयबारे निरिह जस्तै देखिएको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले शुक्रवार निर्वाचन पर्यवेक्षण गर्ने समितिहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख खोल्दै भने– असोज २ गतेको समय सवैभन्दा अनुपयुक्त हो ।
अहिले आयोग पिडामा रहेको यादवको भनाइ थियो । असोज २ गतेको समयमा बर्षा सकिने छैन,तराइमा पक्की वाटो नभएका ठाँउमा जानै कठिन हुनेछ । हामीले त २ गते हुन्न भनेकै हो तर सरकारले मानेन–यादवले गुनासो गर्दै भने ।
यादवले निर्वाचनका बेला भएको सचिव सरुवा आचारसंहिता विपरित भएको,मतदाता शिक्षा प्रभावकारी बनाउन नसकिएको र आचारसंहिता उल्लघन भएको स्वीकारे ।
तर अवका निर्वाचन प्रविधि मैत्री बनाउन पहल भैरहेको र कर्मचारीलाइ समेत मतदानको अधिकार दिने बिषयमा आयोग गम्भिर भएको भन्दै सरकारलाइ कानून बनाइदिन पनि आग्रह गरे ।
यादव बोल्नु अघि पहिलो र दोश्रो चरणको निर्वाचन पर्यवेक्षण गरेका नियोक र जियोकका प्रतिनिधिहरुले भने आयोगले कमजोरी गरेको भन्दै आलोचना गरेका थिए ।
पत्रकार सम्मेलनमा निर्वाचन पर्यवेक्षण समितिहरुका प्रतिनिधिले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण र उत्साहप्रद भए पनि कैयौं त्रुटी रहेको भन्दै आयोगको आलोचना गरेका हुन ।
जियोगका अध्यक्ष हिमालय शम्शेर राणाले त निर्वाचन आयोगको काम सि ग्रेडको भएको भन्दै ग्रेडिङ नै गरे । राणाले त्यसो भन्दा प्रमुख निर्वाचन आयुक्त मुसुमुस हासिरहेका थिए ।





