तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको सातौं अधिवेशनमा उपस्थित नगर उप–प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यू, राष्ट्रसेवक कर्मचारीहरु एवं टेलिभिजन तथा रेडियोबाट प्रत्यक्ष प्रशारणमा जोडिइरहनुभएका सम्पूर्ण नगरबासी महानुभावहरु,
सर्वप्रथम नगरसभाको यस महत्वपूर्ण अधिवेशनमा यहाँहरु सबैलाई हार्दिक स्वागत एवं धन्यवाद व्यक्त गर्दछु। यस महत्वपूर्ण अवसरमा परिवर्तनका खातिर आफ्नो जीवनको उत्सर्ग गर्नुहुने ज्ञात् अज्ञात सहिदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धा सुमन अर्पण गर्दै मुलुकको परिवर्तनका लागि भएका विभिन्न आन्दोलनका घाइते¸अपाङ्ग प्रति सम्मान व्यक्त गर्न चाहन्छु ।
तिलोत्तमा नगरपालिकाको चालु पञ्चवर्षीय योजनाको दिर्घकालिन सोंचले निर्धारण गरे अनुरुप आर्थिक वर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रमको लक्ष्य “समृद्ध नगर सुखी नगरबासी“ रहेको छ । नगरबासीको सर्वाङ्गीण विकाससँगै समृद्धि सुशासन सेवा प्रवाहका साथ तिव्र विकासको अपेक्षालाई उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गर्दै नगरबासीको आंकक्षा पूरा गर्न दृढ संकल्पित रहेको कुरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत सहरी विकास योजना, नगरपालिकाको आवधिक योजना कार्यान्वयन गर्न यो नीति तथा कार्यक्रम निर्देशित छ । नगरवासीको नजिकको सरकारको अनुभूती दिलाउने गरी आफ्ना क्रियाकलापलाई व्यवस्थित गर्न नगरपालिकाले यो नीति तथा कार्यक्रम तयार पारेको छ । यस नीति तथा कार्यक्रम संघीयताको कार्यान्वयनसँगै सिंहदरबारको अधिकार जनताको बीचमा पु¥याउन कोशेढुङ्गा सावित हुने अपेक्षा गरीएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा निम्न पक्षलाई मुख्य मार्गनिर्देशकको रुपमा लिइएको छ ।
क. नेपालको संविधान,२०७२
ख. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
ग. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
घ. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
ङ. नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रम र बजेट
च. दीगो विकास लक्ष्यहरु हासिल गर्ने लगायतका नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा जनाएका प्रतिबद्धताहरुबाट सिर्जित दायित्व
छ. यस नगरपालिकाको एकीकृत सहरी विकास योजना तथा पञ्चवर्षिय योजनाले मार्गनिर्देश गरेका नीति तथा कार्यक्रमहरु तथा मध्यमकालीन खर्च संरचना
ज. नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारका आवधिक विकास योजनाहरु
झ. नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारले अवलम्बन गरेका आर्थिक, सामाजिक लगायतका विकासका नीतिहरु लगायत ।
उपस्थित महानुभावहरुः
तिलोत्तमा नगरपालिका लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, बहुलवादी खुला समाज, मानव अधिकार, सामाजिक न्याय, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै विधिको शासनप्रति पूर्ण प्रतिबद्ध छ ।लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिको रुपमा स्थापित गर्ने कुरामा नगर सरकार हरपल प्रयत्नशील छ । शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरबासीले गर्न सकुन् भन्नेमा हामीहरु अत्यन्त सचेत छौं ।नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न नगर सरकार दृढ छ ।
उपस्थित आदरणीय नगरसभाका सदस्यज्यू,
अब म आर्थिक वर्ष ०८२÷०८३ मा यस नगरपालिकाले आर्थिक बिकास क्षेत्र अन्तर्गत लिने नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।
१. “वैज्ञानिक कृषि प्रणालीको सम्मान दिगो कृषि तिलोत्तमाको अभियान” अन्तर्गत नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक एवम् वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने नीति बनाई कार्यक्रमहरु संचालन गरिने छ ।
२. युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादन र कृषि उद्यम गर्ने उत्कृष्ट कृषक एवम् उद्यमीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम संचालन गरिने छ ।
३. किसानहरुको बाली नालीलाई छाडा चौपाया तथा जङ्गली जनावरहरुबाट हुन सक्ने हानी नोक्सानी न्यूनीकरणका लागि संघ र प्रदेश सरकारसँगको समन्वयमा वडा नं. १ र ८ मा रहेको तिलोत्तमा गौशाला र वडा नं. १४ मा रहेको बाउन्नकोटी गौशालाको सुढृढीकरण गरी छाडा चौपाया व्यवस्थापन गरिने छ ।गाईगोरु छाडा छोड्नेहरुलाई दण्डित गर्ने अभियान संचालन गरिने छ। छाडा चौपाया र जङ्गली जनावरहरुबाट बालीनालीको क्षति न्यूनीकरण गर्न गत वर्षदेखि सुरु गरीएको कृषक समूह सँगको सहकार्यमा सामूहिक तारबार गर्ने कार्यक्रमलाई निरन्तरता दिईने छ।
४. तिलोत्तमा नगरपालिकाले तयार गरी कार्यान्वयनको चरणमा रहेको “तिलोत्तमा कृषक सेवा कार्ड” लाई डिजिटाइजेशन मार्फत नगरबासी सबै किसानहरुलाई वितरण गरी सोही बमोजिम रासायनिक मल, विउ विजन, सिंचाई एवम् अनुदानका सामाग्रीहरु वितरण गर्ने गरी एकिकृत कृषि सेवा प्रणालीको व्यवस्था गरिने छ ।
५. विगतमा घोषणा गरीएका अन्न बाली पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, धान पकेट क्षेत्र¸ मकै पकेट क्षेत्र, गहुँ पकेट क्षेत्र¸ तेलहन पकेट क्षेत्र, च्याउ पकेट क्षेत्र, बाख्रा पकेट क्षेत्र, दुग्ध उत्पादन पकेट क्षेत्र तथा मत्स्य उत्पादन पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी उक्त कार्यक्रमलाई निरन्तरता दिइने छ ।
६. नेपाल सरकारले सिफारिस गरेका उन्नत जातका गहुँको बिउ, तरकारीका बिउ, घाँसका बिउ तथा व्यवसायिक तरकारी खेती, फलफूल खेती, फूल खेतीहरुमा दिईदै आएको अनुदानलाई निरन्तरता दिइने छ साथै चैते धान खेति गर्ने कृषकलाई प्रोत्साहन गरिने छ ।
७. “बाली तरकारीमा रासायनिक विषादी पर्यावरण र स्वास्थ्यमा वर्बादी” अभियान संचालन गरी कृषकहरुलाई प्रांगारीक मल एवम् जैविक विषादी प्रयोग गर्ने तालिम एवम् अनुदानको व्यवस्था मिलाइने छ ।
८. परम्परागत खेती प्रणाली र कृषि उत्पादन भन्दा प्रविधि तथा यन्त्रहरुको प्रयोग तथा बजार सुहाउदो उत्पादनहरुलाई बढावा दिन “तिलोत्तमा किसान कार्यक्रम” मार्फत नगर भित्रका किसानहरुलाई उत्प्रेरित गर्न अभियानात्मक कार्यक्रम संचालन गरिने छ साथै विरुवा, विउ विजन अनुदानमा उपलब्ध गराईने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
९. जग्गाको खण्डिकरणको कारण न्युनिकरण हुँदै गैरहेको कृषि उत्पादन र उत्पादकत्त्व रोक्न सामूहिक एवम् चक्लाबन्दी खेती लाई उत्प्रेरीत गर्न “गरौँ चक्लाबन्दी खेती” अभियान अन्तर्गत कृषकहरुलाई प्रोत्साहित गरिने छ सो अन्तर्गत १० विगाहा क्षेत्रफल वा सो भन्दा वढी क्षेत्रफलको जग्गा चक्लाबन्दी गरी खेती गर्ने र २० विगाहा क्षेत्रफल भन्दा वढी जग्गामा समूह बनाई सामुहिक खेती गर्ने समूहलाई लागत साझेदारीमा ट्याक्टर तथा थ्रेसर खरिदमा अनुदान उपलब्ध गराइने छ । अन्य साना उपकरणहरुमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइने छ ।
१०. तिलोत्तमा सिंचाई कार्यक्रम मार्फत भै.लु.भु.ज. नलकुप लगायतका सिंचाई कुलोहरु मर्मत तथा निर्माण कार्यलाई तिब्रता दिइने छ ।१६ मौजा र ३६ मौजा तथा संयुक्त सिंचाई प्रणालीलाई थप व्यवस्थित बनाउदै सिंचाई कुलो निर्माण मर्मत गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिने छ ।
११. तिलोत्तमा ७ मा अवस्थित कृषि सेवा केन्द्रलाई थप व्यवस्थित गर्दै वीउ¸ विजन¸ विरुवा तथा नर्सरी उत्पादन र वितरण केन्द्रका रुपमा विकास गरिनेछ । सिंचाईका लागि कृषक समूहले कृषि विद्युत मिटर लिन चाहेमा सो का लागि लाग्ने शुल्क नगरपालिकाले भुक्तानी दिने व्यवस्था मिलाइने छ ।
१२. उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रम अन्तर्गत गाई, भैँसीको दुधमा दिइँदै आएको प्रति लिटर रु.२ अनुदानलाई निरन्तरता दिइने छ । दुध र दुग्धजन्य उत्पादनहरुको उपभोग बढाउन अभिप्रेरित गर्ने कार्यक्रमहरु संचालन गरिने छ साथै दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई अनुदानमा खोवा बनाउने मेसिनहरु उपलब्ध गराइने छ ।
१३. “युवा श्रमको परिचालन वडा वडामा व्यवसायिक पशुपालन” कार्यक्रम अन्तर्गत व्यवसायिक रुपमा गाई, भैसी, बाख्रा, वंगुर पालन गर्न अभिप्रेरित गर्ने रणनीति बनाई आवश्यक सहायक सामाग्री र उपकरणहरु अनुदानमा उपलब्ध गराइने छ । संघ सरकार सँग ठोस पहल गरी सुविधा सम्पन्न पशु अस्पताल निर्माण कार्य अगाडि बढाइने छ ।
१४. पशु आहाराका लागि हिउँदे र वर्षे घाँसको वीउमा दिइदै आएको अनुदानलाई निरन्तरता दिइने छ ।पशुहरुको नश्ल सुधारका लागि कृत्रीम गर्भाधान, बाझोपनको उपचार, विभिन्न रोगहरु विरुद्धका भ्याक्सिन दिने कार्यक्रम आन्तरिक एवम् बाह्य परिजीवीहरुका लागि औषधी वितरण कार्यक्रमहरु थप व्यवस्थित गरी प्रभावकारी बनाइने छ ।
१५. “एक खेतीः बहु आय नीति” अन्तर्गत पुष्प खेती गर्नेहरुलाई मौरी पालन गर्न मौरीको घार तथा धान खेतीमा हाँस पालन गर्न हाँसका चल्लाहरु अनुदानमा उपलब्ध गराइने छ ।
१६. तिलोत्तमा नगरमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आर्कषित गर्न एवम् पर्यटकको बसाइ अवधि बढाउन कुञ्जपार्क रात्रीकालीन उद्यानमा निर्माणाधिन म्यूजिकल वाटर फाउण्टेन लाई निर्माण सम्पन्न गरी शिघ्र संचालनमा ल्याइने छ । संघीय एवम् प्रदेश सरकारसँग सहकार्य गरी सबै सामुदायिक वन एवम् महत्वपूर्ण पार्कलाई थप व्यवस्थित एवम् सौन्दर्यकरण गरिने छ ।वडा नं. ११ को ढाक्रेवास क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
१७. शंकरनगर वनवाटिका भित्र निर्माणाधिन तिलोत्तमा बहुउद्देश्यि भ्यू टावरलाई तिलोत्तमा नगरपालिकाको आफ्नै स्रोत मार्फत निर्माण सम्पन्न गरी यसै वर्ष संचालन गर्ने व्यवस्था मिलाइने छ ।तिलोत्तमा सामूदायिक पार्कमा फलफूल बगैँचा (ँचगष्त न्बचमभल) करहिया सामूदायिक वन क्षेत्रभित्र बोटानिकल गार्डेन निर्माण गरी उक्त पार्क र वनको आय आर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाइने छ ।
१८. धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि “आठ धामः एकै ठाम” भन्ने नारा का साथ वडा नं. ६ मा निर्माणाधिन मोक्षधामलाई आवश्यक सहयोग एव सहजीकरण गरिने छ ।
१९. तिलोत्तमा नगरपालिकालाई “सांस्कृतिक र सहिष्णु नगर” बनाउन नगर क्षेत्रभित्र रहेका ऐतिहासिक एवम् महत्वपूर्ण धार्मिक मठ–मन्दिर, गुम्वा–विहार, मस्जिद तथा चर्चहरुलाई संरक्षण एवम् सम्बद्र्धन गरिने छ । मुस्लिम एवम् क्रिश्चियन धर्मावलम्बीहरुको मृत शरिर अन्त्येष्टिका लागि नगरभित्र अलग अलग उपयुक्त स्थानको खोजी गरिने छ ।
२०. नगर क्षेत्रभित्र रहेका सम्पूर्ण ऐतिहासिक¸ धार्मिक¸ पुरातात्विक एवम् पौराणिक सम्पदा जिर्णाद्धार एवम् स्तर उन्नतिका लागि संघ एवम् प्रदेश सरकारसँग सहकार्य गरिने छ ।
२१. तिलोत्तमा नगरपालिकाको क्षेत्राधिकारमा संचालनमा रहेका सहकारी संस्थाहरुको सम्पूर्ण सूचना तथा तथ्यांकहरुलाई नियमित, विश्वसनिय र तथ्यपरक बनाउन सहकारी संस्थाहरुको सम्पूर्ण विवरणलाई कोपोमिस (ऋय–यउभचबतष्खभ ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ–ऋइएइःक्ष्क्) मा प्रविष्ट गर्न आवश्यक व्यवस्था मिलाई सहकारीहरुको नियमित अनुगमन नीरिक्षण गरी नियमन प्रणालीलाई प्रभावकारी बनाइने छ । वचत परिचालन¸ सुरक्षण कर्जा सूचनाका लागि आवश्यक प्रबन्ध मिलाइने छ ।
२२. तिलोत्तमा नगरपालिकाबाट अनुमति लिई दर्ता भै संचालनमा रहेका सहकारी संस्थाहरुको संचालक समितिका सदस्य तथा व्यवस्थापकहरुको क्षमता विकास अभिबृद्धि गर्न आवश्यक तालिमहरु दिइने छ ।कार्यक्षेत्र मिल्ने एउटै कार्य प्रकृतिका सहकारी संस्थाहरुलाई आपसी सहमतीका आधारमा मर्ज प्रकृयामा जान आवश्यक प्रोत्साहन गरिने छ ।
२३. व्यवसाय सुरु गर्न सरल प्रक्रियाको प्रवद्र्धन गरी लघु, साना र मझौला उद्यमको विकासमा जोड दिइने छ। यस नगरवाट तयार भएका उद्धमीहरुलाई दिगो रुपमा उद्योग व्यवसायमा टिकाई राख्न विभिन्न निकायसगँ सम्वन्वय गरी बजारीकरणमा सहयोग एंव युवा स्वरोजगारका लागि अनुदान तथा सहुलियत ऋणको व्यवस्था¸ नवप्रवर्तन (क्ष्ललयखबतष्यल) र प्रविधिमा आधारित स्टार्टअपहरुलाई प्रोत्साहन, उद्यमशीलता मार्फत सिपमा दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउने नीति तय गरिने छ एंव उद्यमशील शिक्षाको पाठ्यक्रम विद्यालय तथा कलेजमा समावेश गर्ने नीति लिईने छ ।
२४. दुध र दुग्ध जन्य पदार्थको उत्पादन विक्री वितरण र बजारीकरण गर्ने उदेश्यले संचालित तिलोत्तमा ६ मा स्थापित लुम्बिनी विशिष्टकृत संघलाई कार्यालय तथा यातायात व्यवस्थापन पूर्वाधार क्षेत्रमा सहयोग गरिने छ ।
२५. सीप¸ इलम र उद्यमको एकीकृत सेवाको रुपमा मेडपा कार्यक्रमलाई अगाडि बढाउदै उद्यम श्रृजना र विकास कार्यमा व्यवस्थित रुपमा परिचालन गरिने छ ।
२६. सामी कार्यक्रमलाई निरन्तरता दिदै वैदेशिक रोजगारिलाइ सुरक्षित र मर्यादित बनाउन तथा रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने छ ।
२७. एकिकृत श्रम तथा रोजगार सम्बन्धि व्यवस्थालाई मुर्त रुप दिन नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रलाई व्यवस्थित गरिने छ ।स्वरोजगार आन्तरिक रोजगार साथै वैदेशिक रोजगार सँग सम्बन्धित विषयलाई व्यवस्थित गर्न यस पालिकाको सँगठन संरचनामा श्रम तथा रोजगार शाखा कार्य विस्तार गरिने छ ।
आदरणीय सम्पूर्ण नगर सभा सदस्यज्यू ,
अब म पूर्वाधार बिकास क्षेत्र तर्फका नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
२८. गुणस्तरीय सडक निर्माण तथा मर्मतका लागि पुर्वाधार एम्बुलेन्स सहितको प्राविधिक टिम बनाई परिचालन गरी आ.व. २०८२÷०८३ लाई सडक मर्मत बर्ष घोषणा गरिने छ ।
२९. नगर तथा वडा स्तरका योजनाहरुको संख्या घटाई गुणस्तरीय योजना कार्यान्वयनको लागि टुक्रे योजना एकिकृत गरी सोही बमोजिमका योजना सिफारिस गर्ने नीति अबलम्बन गरिने छ।
३०. नगर स्तरीय प्राथमिकता प्राप्त योजना छनौटमा न्यूनतम ६ मिटर (२०’–०”) सडक चौडाई रहेको र साइड वाल लगाउनु नपर्ने सडक पहिचान तथा छनौट गरी सडक स्टान्डर अनुसार न्यूनतम ५.५मि. को कालोपत्रे ऋबचचष्बनभ ध्बथ नघट्ने सडक मात्र छनौट गरिने छ ।
३१. सबै खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको धारा जडान तथा महशुल शुल्कमा एकरुपता कायम गर्न पहल गरिने छ ।
३२. सवै वडा कार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपान कक्षको निर्माण गरिने छ ।
३३. भूमिगत पानी रिचार्जको लागि रिचार्ज पोखरी निर्माण कार्यलाई निरन्तरता दिइने छ।
३४. नगर क्षेत्रभित्र वाँकी रहेका मुख्य बजार÷चोकहरुमा सी.सी. क्यामेरा जडान गरिने छ र जडान भएको सी.सी.क्यामेरालाई नियमित मर्मत गरिने छ ।
३५. खरको÷फुसको छानामुक्त नगरपालिका घोषणा गरिने छ ।
३६. नहर¸ खोला¸ घोला¸ कुलोमा भैरहेको फोहोर नियन्त्रण गर्न पुराना घरहरुमा सोस्ता बनाउने कार्यलाई अभियानको रुपमा संचालन गरिने छ यस कार्यमा घर धनी¸ खानेपानी संस्था र नगरपालिकाको सहकार्यमा एकीकृत योजना संचालन गरिने छ।
३७. नगर स्तरीय क्षमता विकास तालिम¸ मेडपा कार्यक्रमवाट उत्पादित एवं स्थानीय उत्पादनको पहिचान र बजारीकरण गर्नका लागि नगर स्तरीय कोशेली घर निर्माण र संचालन गरिने छ ।
३८. सडकको नामाकरण सहितको सूचना बोर्ड (क्ष्लायचmबतष्यल द्ययबचम) को जडान गरिने छ ।
३९. बोलपत्र मार्फत कार्यान्वयन गर्ने सम्पूर्ण सडक कालोपत्रे सम्बन्धी योजनामा अनिवार्य ब्कउजबति प्रविधिको प्रयोग गर्दै साना र छोटा सडक निर्माणमा आर.सी.सी र ईन्टरलक (च्ऋऋ ब्लम क्ष्लतभचगिअप) को प्रयोगलाई निरन्तरता दिइनेछ। ।
४०. उर्जा प्रभावकारी भवन निर्माण सम्बन्धी कार्यविधिका सूचकहरु क्रमशः लागु गरिने छ ।
४१. ठुला सडक निर्माण सम्बन्धी योजनाहरुमा पुराना चौपारीहरुको संरक्षण तथा मर्मत गर्ने साथै, आवश्यकतानुसार उपयुक्त स्थानमा कम्तिमा १० वटा सार्वजनिक शौचालय निर्माण गरिने छ ।
४२. नगरको गौरवको रुपमा रहेका बहुप्राविधिक शिक्षालय (सिटी कलेज) र अतिथि गृह÷सभाहल संचालनमा ल्याइने छ ।
४३. ३ वटा वडा कार्यालयहरु तथा वडाका अधुरो कम्पाउण्ड वाल र सभाहल निर्माण कार्य सम्पन्न गरिने छ ।
४४. घर निर्माण तथा अन्य निर्माण कार्य गर्दा आवतजावतलाई असर पुग्ने गरी निर्माण सामाग्री ल्याउने र राख्ने कार्यलाई निरुत्साहित गरिने छ।आवास निर्माण गर्दा सेड व्याक छाडेको ठाउँमा पानीको पाइप तथा अन्य अतिआवश्यक सेवाको विस्तार गर्दा हुने अवरोध लाई नीतिगत रुपमा समाधान गरिने छ ।
४५. नगरपालिकामा एक व्यवस्थित सूचना तथा अभिलेख केन्द्रको स्थापना गर्ने साथै नगरपालिका भित्र रहेका प्रत्येक घर परिवारको पूर्ण लगत राख्ने कार्य गरिने छ¸ नगरपालिकाको कामकारवाहीलाई सूचना प्रविधिसँग जोडी सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाइ क्ष्ललयखबतष्खभ एबचतलभचकजष्उ ँगलम (क्ष्एँ) परियोजनालाई थप प्रभावकारीको रुपमा संचालन गरिने छ ।
४६. योग ध्यान र साधनाको माध्यमवाट स्वास्थ्य र निरोगि नगर बनाउन अभियानात्मक कार्यक्रम संचालन गरिनेछ । प्रतेक वडामा खुल्ला व्यायमशाला निर्माण तथा व्यवस्थापन र संचालन गर्न संघ संस्था सँग समन्वय र सहकार्य गरिने छ ।
आदरणीय सम्पूर्ण नगर सभा सदस्यज्यू ,
अब म सामाजिक विकासतर्फका नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
४७. यस आर्थिक वर्षलाई शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरि विद्यालयहरुमा शैक्षिक सुधारको योजना लागु गरिने छ।जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति र शिक्षा क्षेत्रका विज्ञ सहित तिलोत्तमा शैक्षिक बहस कार्यक्रम आयोजना गरिने छ। तिलोत्तमा नगरपालिकाको शैक्षिक सुधारका निम्ति तिलोत्तमा भित्र रहेका सामुदायिक शैक्षिक सस्थाहरुको भौतिक तथा शैक्षिक पूर्वाधारको अडिट गरिने छ।
४८. बाल विकास कक्षादेखि नै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै ¸आधारभूत तथा माध्यामिक विद्यालयको नतिजा सुधार गर्न बाल विकास कक्षाकोठाको स्तरोन्नति गरी प्रविधिमैत्री बनाइने छ।माध्यामिक विद्यालयहरुमा डिजिटल बोर्डको व्यावस्था गरिने छ साथै विद्यालयमा शैक्षिक सिकाई संग्राहलय निर्माणमा जोड दिइने छ। विद्यार्थी मूल्याकनलाई प्रभावकारी बनाइने छ ।
४९. विश्व बजारमा प्रतिस्पर्धा र दक्ष जनशक्ति उत्पादनका निम्ति सामुदायिक विद्यालयमा विद्यार्थीहरुको क्षमता विकास एवं गुणस्तरवृद्धि गर्दै एक विद्यालय एक सृजनशील कार्यक्रम, विद्यार्थीगुणीय चक्र क्तगमभलत त्तगबष्तिथ ऋष्चअभि ( क्त्तऋ) , सृर्जनशील शुक्रबार, च्यालेन्ज फन्ड, क्त्भ्ः , कार्यक्रम संचालन गरिने छ ।अन्वेषण तथा नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारी रुपमा संचालन गरिने छ ।
५०. तिलोत्तमा नगरपालिकमा शैक्षिक विकासका लागि समय अनुरुप शिक्षकहरुको क्षमता विकास गरिने छ ।शैक्षिक बौद्धिक ज्ञानको सदुपयोग गर्न विद्यालय र कलेजका शिक्षकहरुलाई अध्ययन अनुसन्धानमा लाग्न उत्प्रेरित गरिने छ । पालिका केन्द्रित विषयमा अध्ययन अनुसन्धान तथा शोधपत्र कार्य गर्ने अनुसन्धानकर्ताहरु लाई प्रोत्साहन गरिने छ ।
५१. विद्यार्थीका निम्ति संघ र प्रदेश सरकारबाट प्रदान गर्ने विभिन्न शैक्षिक अवसरमा प्रतिस्पर्धा र सहभागी गराउदै सामुदायिक विद्यालयहरुका भ्ऋब् शिक्षकको विशेष क्षमता विकास गरिने छ ।
५२. सामुदायिक तथा सँस्थागत विद्यालयले प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई व्यवस्थित, पारदर्शी प्रभावकारी बनाउदै छात्रवृत्ति वितरणमा एकरुपता कायम गर्न तथा कानुन बमोजिमको मापदण्ड व्यवस्थित गरिने छ।साथै सामुदायिक विद्यालयहरुमा आम नागरिकहरुलाई शैक्षिक छात्रवृत्ति कोष स्थापना गर्न प्रोत्साहन गरिने छ ।
५३. सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको भर्नादर वृद्धि गर्न विगत वर्षदेखि सामुदायिक विद्यालयहरुलाई प्रदान गरेका अनुदानका यातायातका साधन उपलब्ध गराउने नीतिलाई निरन्तरता दिई यातायात व्यवथापन खर्च उपलब्ध गराइने छ ।
५४. स्थानीय उत्पादनको प्रर्वद्धन तथा विद्यार्थीहरुको पोषण सुरक्षाका लागि दिवा खाजामा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ साथै दिवा खाजाको गुणस्तरका निम्ति नियमित अनुगमन गरिने छ मानसिक समस्या, लागूऔषध सम्बन्धी सचेतनाका निम्ति विद्यालयका शिक्षकलाई त्यत् तालिम प्रदान गरी हरेक विद्यालयमा मनोपरामर्श कार्यक्रम संचालन गरिने छ।
५५. टिनको छानो भएका विद्यालयहरुमा फल्स सिलिङ्गको कार्यलाई पूर्णता दिइने छ।
५६. सामुदायिक विद्यालयलाई गुणस्तरीय परिणाममुखी र प्रतिस्पर्धी बनाउन आवश्यक नीति लागु गरिने छ ।विद्यार्थीको अवस्था तथा अन्य पक्षको विश्लेषण गरी विद्यालय मर्ज गर्ने नीति लागु गरिने छ ।
५७. संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रावृत्तिलाई एकीकरण गरी प्रतिस्पर्धाको आधारमा छनौट गर्ने नीति अवलम्बन गरिने छ ।
५८. क्तचभलनतजभलष्लन क्तगमभलत त्जचयगनज त्भअजलययिनथ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा ऋयमष्लन र च्यदयतष्अक कक्षा संचालन गरिने छ ।
५९. विद्यालयस्तर देखि नै विद्यार्थीहरुमा स्वरोजगार र उद्यमशीलताको भावना जागृत गराउनको लागि विद्यार्थीहरुमा पढ्दै कमाउदै कार्यक्रम लागु गरिने छ । विद्यार्थीको लागि उधमशिलताको नवीनतम आइडियाबिच प्रतिस्पर्धा जस्ता कार्यक्रम संचालन गरिने छ ।
६०. शैक्षिक उन्नयनका लागि आधारभूत र माध्यामिक विद्यालयलाई मापदण्ड बनाई विद्यालयलाई उत्कृष्टका आधारमा पुरस्कृत गरिने छ ।
६१. विपन्न तथा अशक्त घरपरिवारका लागि तिलोत्तमा नगरपालिका भित्र रहेका स्थानीय शवदाह स्थलमा दाह संस्कार गर्न जादा प्रयोग हुने सवारी साधन नगरपालिकावाट निःशुल्क उपलब्ध गराइने छ ।
६२. “स्वास्थ्य नागरिक सम्वृद्ध तिलोत्तमा“ भन्ने नारालाई सार्थक बनाउन जेष्ठ नागरिकहरुलाई निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर, मधुमेह रोग निःशुल्क शिविर, पाठेघरको मुखको क्यान्सर¸स्तन क्यान्सर ख्क्ष्ब् शिविर, आँखाको मोतियाबिन्दु पत्ता लगाउने निःशुल्क स्वास्थ्य शिविर एंव निःशुल्क सल्यक्रिया गर्न विशेष कार्यक्रम ल्याइने छ साथै आधारभूत स्वास्थ्य सेवाका औषधीहरु नियमित रुपमा वितरण गर्ने ब्यबस्था मिलाइने छ ।
६३. पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरी पोषण मैत्री पालिका घोषणा गरिने छ ।सुरक्षित मातृत्व सेवालाई दुर्त रुपमा अगाडि बढाइने छ ।नगरपालिका अन्तर्गत संचालित आनन्दवन स्वास्थ्य चौकी र सेमरा बजार स्वास्थ्य चौकी मार्फत तिलोत्तमा नगरवासी¸ गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको खष्मभय ह–चबथ सेवालाई निरन्तरता दिइने छ ।
६४. आनन्दवन¸ आधारभूत अस्पताललाई १५ सैयाको नगर अस्पतालको रुपमा संचालन गरिने छ ।सेमरा बजार स्वास्थ्य चौकीलाई मातृ अस्पतालको रुपमा विकास गरिने छ ।वि पि ग्राम स्वास्थ्य संथालाई संचालन तथा व्यवस्थापन गर्न आवश्यक योजना निर्माण गरिने छ ।
६५. जेष्ठ नागरिक, अति बिपन्न, असाहय, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने छ ।
६६. वातावरण अनुकूलित खोप केन्द्र संचालन गरी खोप सेवा ,वाल स्वास्थ्य सेवालाई ब्यबस्थित गरी पूर्ण खोपको दिगोपनाको सुनिश्चितता गरिने छ ।प्रयोगशाला संचालन रहेका संस्थाहरुलाई थप व्यवस्थित गरिने छ ।
६७. महिला स्वास्थ्य स्वयम सेविकाहरुको अनिवार्य अवकास हुँदा सम्मान स्वरुप ५० हजार उपलब्ध गराउने व्यवस्था गराइने छ ।
६८. अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया¸ थालेसिमिया रोगका बिमारीहरुको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तिब्रता दिइने छ।
६९. करहिया आयुर्वेद औषधालयको विकास र स्तरोन्नति गरिने छ । आधारभुत आयुर्वेद औषधीको निःशुल्क उपलब्धता सुनिश्चित गर्दै नगरपालिकाभित्र सवै जनतालाई आयुर्वेद सेवाको पहुच पु¥याउनका लागि थप जनशक्ति व्यवस्थापन गरिने छ । वडा नं ६ र ८ मा पाक्षिक रुपमा संचालनमा रहेका नागरीक आरोग्य सेवा केन्द्रलाई निरन्तरता दिई अन्य ठाउँमा आयुर्वेद घुम्ति सेवा संचालन गरिने छ ।
७०. “आमा नै घरको प्रथम चिकित्सक” कार्यक्रम अन्तरगत नगर वासीमा वढ्दो नसर्ने रोगको प्रकोप न्यूनिकरण गर्न आयुर्वेद जीवनशैली भान्सा सुधार, योग ध्यान साधना कार्यक्रमलाई प्राथमिकता दिइने छ ।साथै स्तनपायी तथा जेष्ठ नागरिक आयुर्वेद सेवा कार्यक्रमलाई समुदाय स्तरमा पु¥याइने छ ।
७१. तिलोत्तमा नगरपालिकालाई युवाका लागि आशा र भरोसाको पालिका बनाइने छ। युवामैत्री प्रोफाइल निर्माण गरी।“युवाको लागि नगर,नगरका लागि युवा” भन्ने मुलनारा सहित युवा मैत्री शासन प्रवद्र्धन गर्दै तिलोत्तमा नगरपालिकालाई युवामैत्री नगरपालिका बनाइने छ ।
७२. युवाहरुलाई उद्यमशीलतामा जोड्नका निम्ति युवाले संचालन गर्ने व्यवसाय दर्तामा निश्चित प्रतिशत छुट दिइनेछ। युवाको उद्यमशीलता प्रति हौशला प्रदान गर्न युवा उद्यमशीलता सम्बन्धी उद्यम आइडियामा प्रतिस्पर्धा गराइनेछ ।
७३. “दक्ष जनशक्तिः तिलोत्तमाको सम्पत्ति ”अन्तर्गत तिलोत्तमा नगरपालिका युवाहरुलाई राज्यले प्रदान गर्ने विभिन्न अवसरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन युवाहरुलाई विशेष तालिम संचालन गरिने छ।युवाहरुको लागि नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा क्ष्लतभचलकजष्उ कार्यक्रम संचालन गरिने छ ।नगरले खुलाउने रोजगारीका अवसरहरुमा क्ष्लतभचलकजष्उ गरेका युवाहरुलाई विशेष प्रथामिकता दिइने छ ।
७४. तिलोत्तमा नगरपालिकालाई खेलकुदको हबको रुपमा विकास गरिने छ। विभिन्न खेलका प्रशिक्षकको क्षमता अभिवृद्धि¸ प्रशिक्षक रोस्टर निर्माण गरि ग्रास रुटबाट विभिन्न खेलका खेलाडीहरु उत्पादन गर्न त्यसका निम्ति वडा र नगरस्तरमा विभिन्न खेलहरु आयोजना गरिने छ ।
७५. तिलोत्तमा नगरपालिकामा खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने छ। अग्रज खेलाडीलाई र उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने छ ।
७६. बालमैत्री स्थानीय शासनलाई थप दिगो बनाउदै बालबालिकाको क्षेत्रमा लगानी अभिवृद्धि गरिने छ।हरेक भौतिक निर्माणलाई बालमैत्री, अपाङ्गता मैत्री, लैंङ्गिक मैत्री र जेष्ठ नागरीक मैत्री बनाउँदै लगिने छ ।
७७. बालमैत्री नगरपालिकालाई थप प्रभावकारी बनाउन विभिन्न क्षमता अभिबृद्धिका कार्यक्रम संचालन गरिने छ । बालमैत्रीले प्रदान गर्ने कार्यक्रमहरुमा समावेशी र बाल संजाल तथा अन्य बालबालिका का लागि अवसर प्रदानको सुनिश्चिता गरिने छ ।बालमैत्री सहजकर्ताको कामको रोस्टर निर्माण गरिने छ ।
७८. तिलोत्तमा नगरपालिकाबाट प्रदान गरिने विभिन्न तालिमहरुको समिक्षा गरी समय अनुरुप तालिमहरु संचालन गरिने छ ।सामुदायिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने छ ।
७९. सामुदायिक विद्यालयमा कार्यरत महिला शिक्षिका सुत्केरीहुँदा पठन पाठनलाई सहजिकरण गर्न श्रोत शिक्षक कार्यक्रम लागु गरिने छ साथै संस्थागत विद्यालयले लिने भर्ना शुल्क र व्यवस्थापन शुल्कको अन्त्य गरिने छ ।
८०. गैरसरकारी सस्थाहरुलाई कार्यक्रम संचालन गर्नका लागि नगरपालिकाबाट स्वीकृत लिई तोकेको ठाउँमा कार्यक्रम संचालन गर्नुपर्ने छ ।
८१. तिलोत्तमा नगरपालिकालाई लैङ्गिक मैत्री नगरपालिका घोषणाका निम्ति आवश्यक सुचक रही कार्यक्रम गरिने छ । महिला, अपाङ्ग, लैगिक अल्पसंख्यक समुदाय तथा व्यक्तिहरुको सशक्तिकरणका निम्ति विभिन्न लक्षित कार्यक्रमा संचालान गरिने छ ।अपाङ्ग र अल्पसख्यको तथ्याकं संकलन गरिने छ ।
८२. सामाजमा रहेका सामाजिक विभेद, जातीय छुवाछुत,महिला हिंसा लगायत विभिन्न सामाजिक कुसस्कारलाई हटाउन आवश्यक ऐन कानुनहरु कार्यन्वयनमा ल्याइनेछ ।जातीय छुवाछुत, कुरीति, अन्ध विश्वासका घटनाहरुको न्यूनीकरणलागि टोलविकास सस्थाहरु मार्फत सामाजिक परिचालनका कार्यक्रम संचालन गरिने छ ।
८३. मानव मर्यादाको नगर निर्माणका लागि विभेद तथा छुवाछुत विरुद्ध सामाजिक अन्तरघुलनका कार्यक्रमहरु संचालन गर्दै समनातामुलक नगरपालिका निर्माणका लागि सामाजिक जागरणका अभियानहरु संचालन गरिने छ । साथै दलित समुदायको आत्मासम्मान र स्वाभिमान को लागि ज्ञान, सिप र उद्यमका विषयमा तिलोत्तमा दलित ज्ञान महोत्सव आयोजना गरिने छ ।
८४. दलित समुदायको क्षमता विकास गरी परम्परागत पेशाको आधुनिकरण र व्यवासायीकरणको लागि अनुदानमा पेशागत सामाग्रीहरु उपलब्ध गराइनेछ ।
आदरणीय नगर सभा सदस्य ज्यू ,
अब म शुसासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फका नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
८५. नगरपालिकाका कर्मचारीहरुको कार्यसम्पादनलाई नतिजासँग जोड्न र प्रमुख कार्यसम्पादन सूचकमा आधारित कार्यसम्पादन नतिजाको आधारमा उनीहरुको उत्प्रेरणा र संगठनको उत्पादकत्व अभिवृद्धिको लागि कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागु गरिने छ साथै करार सेवाका कर्मचारीहलाई नगर प्रहरी समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र ज्यालादारीमा काम गर्ने सरसफाई कर्मी लगायतका कर्मचारीहरुलाई जोखिम दुर्घटना बिमाको व्यवस्था गरिने छ ।
८६. जनप्रतिनिधि तथा कर्मचारीहरुलाई डिजीटल तालिम र क्षमता अभिवृद्धि, असल अभ्यास आदान– प्रदान तथा स्थलगत अवलोकन भ्रमणका कार्यक्रमहरु संचालन गरिने छ ।
८७. भ्–नयखभचलबलअभ कथकतझ को विकास तथा विस्तार गर्ने, मोबाइल एप र डिजीटल फोरममा नागरीकको पहुँच बढाइनेछ ।
८८. सार्वजनिक विकास निर्माण तथा सेवा प्रवाहका सम्बन्धमा सामाजिक अडिट तथा सार्वजनिक सुनुवाई, गुनासो व्यस्थापन, जनसन्तुष्टि सर्वेक्षण जस्ता कार्यहरु प्रभावकारी रुपमा संचालन गरिने छ।
८९. निजी क्षेत्र, नागरीक समाज अन्तराष्ट्रिय संघ संस्थाहरु र अन्तर सरकारी निकाय विच नेटवर्क निर्माण गरी पूँजी र सीपको आदान प्रदान गरिने छ।
९०. तिलोत्तमा नगरपालिकालाई न्ययम न्यखभचलबलअभ ीभबचलष्लन इचनबलष्शबतष्यल को रुपमा विकास गरिने छ । सेवा प्रवाहलाई सरल सहज परिणाममुखि बनाउन विभिन्न भाषामा नागरिक वडा पत्र बनाई लागु गरिने छ ।
९१. नगरपालिकाले कार्यान्वयन गर्ने पूँजीगत बजेटलाई लक्ष्य बमोजिम खर्च गर्न स्थानीय स्तरमा विवाद नभएका, पूर्व सम्भाव्यता अध्ययन भएका र कार्यान्वयन योग्य योजनाहरुमा मात्र बजेट बिनियोजन गरी कार्यान्वयन गर्ने, चालु खर्चमा मितव्ययिता अपनाउने, पूँजीगत खर्च बढाउन सम्बद्ध जनशक्तिहरुको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिने छ ि
९२. अबन्डामा वजेट राखी बजेट कार्यान्वयन गर्ने प्रवृतिलाई निरुत्साहित गरिने छ साथै नगरपालिकामा हुने खर्च व्यवस्थापनलाई विधि सम्मत बनाउँदै कूल खर्चमा बेरुजु प्रतिशत घटाउँदै लैजान बेरुजु समपरीक्षणलाई प्राथमिकतामा राखी बेरुजु समपरीक्षण कार्यदल गठन गरी परिचालन गरिने छ ।
९३. सार्वजनिक सम्पतिको संरक्षण र प्रवद्र्धन गर्न स्थानीय प्रशासनसँगको समन्वय र सहयोगमा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन समिति गठन गरिने छ साथै सार्वजनिक कुला नहरको दायाँ बाँयाको खाली तथा सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गर्न आवश्यक नीति निर्माण गरिने छ ।
९४. मेलमिलाप कर्ताको क्षमता विकास गर्दै न्याय सम्पादन प्रकृयालाई थप गुणस्तरीय र विश्वासनीय बनाउदै लैजाने¸ न्यायमा नागरीकको अनुभूति दिलाउन मेलमिलाकर्ताको क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९५. छिमेकी तथा अन्तराष्ट्रिय शहरसँग सम्बन्ध स्थापित गर्न नगरपालिकामा समन्वय इकाई स्थापना गरिने छ ।
९६. बिषयगत समितिलाई थप प्रभावकारी गतिशील र जनउत्तरदायी बनाउदै क्रियाशील बनाइने छ । बिषयगत समितिको क्षेत्राधिकार काम कर्तव्य अधिकारलाई व्यवस्थित बनाउन कार्यविधि निर्माण गरिने छ ।
९७. तिलोत्तमाको गौरव र पहिचानलाई फराकिलो बनाउन १२ महिना १२ अभियान कार्यक्रम संचालन गरिने छ ।
९८. नगरपालिकालाई सुशासन र जवाफदेहिता बनाउन टाईम कार्ड योजनालाई कडाईका साथ कार्यान्वयन गरिने छ ।
९९. भुमिहिन दलित¸ भुमिहिन सुकुम्बासी¸ अव्यवस्थित बसोबासी लाई जग्गा धनि प्रमाण पुर्जा उपलब्ध गराउन आवश्यक योजना र कार्यक्रम संचालन गरिने छ।नगरबासीलाई जग्गाको स्वामित्व सुनिश्चिता गर्न नापी¸पूनःनापी र गाउँ ब्लकको जग्गा नापजाँच सम्बन्धी प्रक्रियालाई अगाडि बढाइने छ।
१००. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तिलोत्तमा नगरपालिकाको प्रचार प्रसार र गौरव बोध गर्न महत्वपूर्ण भूमिका निर्वाहा गरेका मिडिया तथा संचार कर्मीप्रति उच्च सम्मान व्यक्त गर्दै मिडियासँग नगरपालिका संवाद कार्यक्रम संचालन गरिने छ साथै मिडियाको प्रर्वद्धन संरक्षण र विकासमा सहयोग समन्वय र सहकार्यको नीति अबलम्बन गरिने छ ।
आदरणीय नगर सभा सदस्यज्यू ,
अब म वन वातावरण तथा विपद व्यवस्थापन का क्षेत्र तर्फका नीति तथा कार्यक्रम हरु प्रस्तुत गर्न चाहन्छु ।
१०१. फोहोरमैला व्यवस्थापनका लागि नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै नवीन प्रविधिको प्रयोग गर्ने र नदि उकास क्षेत्र तथा उपयुक्त ठाउँ पहिचान गर्दै फोहोरमैला प्रशोधन व्यवस्थापन केन्द्रको स्थापना गरिने छ ।
१०२. “ग्रिन तिलोत्तमा, क्लिीन तिलोत्तमा” को नारालाई सार्थकता वनाउन नगर सफाई अभियानलाई निरन्तरता दिइने छ । साथै विभिन्न वैंक, वित्तिय तथा संघ संस्थासंगको सहकार्यमा नगरपालिकाका महत्वपूर्ण सडकहरुमा सहरी सुन्दरता अभिवृद्धि कार्यक्रम सञ्चालन र ग्रीनरी जोन निर्माण गरिने छ ।
१०३. नगरपालिकामा नगरवासीलाई सुरक्षित स्वच्छ खानेपानी उपलव्ध गराउन नगर स्तरीय वास योजना –ध्ब्क्ज् एीब्ल्) निर्माण गरिने छ । खानेपानी संस्थाहरुको सहकार्यमा पानी परीक्षण ल्यावको स्थापना गरिने छ साथै सवै खानेपानी संस्थाहरुको समन्वय र सहकार्यमा एकिकृत खानेपानी योजना निर्माणमा आवस्यक पहल गरिने छ ।
१०४. उज्यालो तिलोत्तमा अभियानलाई निरन्तरता दिइने छ । यस वर्ष नगरका १७ वटा स्थानमा उच्च स्तरका स्ट्रिीट लाईट जडान गरिने छ साथै पत्थरडाँडा र ड्राइभरटोलमा हाइमास्ट लाइट जडान गरिनेछ । वढी दुर्घटना हुने सडकका घुम्ती तथा चोकहरुमा रिफ्लेक्टीक ऐना (मिरर) जडान गरिने छ ।
१०५. “हामी सवैको दायित्व, स्वच्छ र हरित शहर निर्माण ” गर्न वातावरणमैत्री स्थानीय शासन प्रारुप अनुसार वातावरणमैत्री स्थानिय शासन निर्देशिका तयार गरी लागु गरिने छ । यसको लागि संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा कार्यान्वयन प्रकृया अगाडि वढाइनेछ ।
१०६. “जहाँ हरियाली, त्यहाँ खुशियाली” भन्ने अभिप्रायका साथ नगर क्षेत्र भित्रका सामुदायिक वनहरुसँगको सहकार्यमा नदी उकास क्षेत्र, सार्वजनिक खाली प्रती जमिन, सामुदायिक विद्यालय र क्याम्पसहरुको जग्गा, सरकारी भवन परिसर क्षेत्र लगायतका क्षेत्रमा व्यापक वृक्षारोपण गरिने छ।
१०७. नगरपालिकाभित्र रहेका सवै सामुदायिक वनहरुको एकिकृत विकासका लागि नगरस्तरीय सामुदायिक वन सञ्जाल समिति निर्माण गरिने छ ।
१०८. तिलोत्तमा क्षेत्र भित्र रहेका सिमसार क्षेत्रको पहिचान र संरक्षण गरिने छ । वन, वनस्पति, वन्यजन्तु तथा चरा चुरुङ्खीलाई अनुकूल वातावरण सिर्जना गर्न सामुदायिक वनमा पोखरी निर्माण अभियान सञ्चालन गरिने छ । संरक्षणको अभावमा मेटिदै गएका पुरीदै गएका वस्ती वरपरका पोखरीलाई उत्खनन्¸ संरक्षण र प्रवद्दन गरिने छ ।
१०९. सिक्सलेन सडक, वुद्ध परिपथ सडक नगरका महत्वपूर्ण स्थानमा सुविधा युक्त विश्राम प्रतिक्षालय निर्माण गरिने छ । विभिन्न संघ संस्थाले विश्राम स्थल वनाउन चाहेमा नगरपालिकावाट स्वीकृत डिजाइन अनुसार वनाउनुपर्ने नीति लागु गरिने छ ।
११०. “आजको सानो प्रयास, भोलिको सुरक्षित भविष्य” लाई सार्थकता वनाउन जलवायु परिवर्तनमा वढी जोखिममा रहेका समुदायलाई अनुकूलन तथा न्युनीकरण सम्वन्धी सचेतनात्मक कार्यक्रमहरु संचालन गरिने छ । बाढी डुवानलाई न्यूनीकरण गर्न तथा पानी निकासको लागि नगर क्षेत्रभित्रका मेटिदै पुरिदै गएका कुला, नाला घोला, ताल तलैयाहरुको सरसफाइ र पानी निकास कार्यलाई अभियान कै रुपमा योजनावद्ध कार्यक्रम सञ्चालन गरिने छ ।
१११. अन्तरपालिकासँग आवश्यक सहकार्य र समन्वयमा जोखिम न्यूनिकरण, छाडा पशुचौपाय नियन्त्रण, फोहोरमैला व्यवस्थापन, विपद व्यवस्थापन, नदी नियन्त्रण, ढल निकास, नाली निर्माण जस्ता अन्य महत्वपूर्ण विषयमा संघ, प्रदेश सरकार र साझेदार निकायसँगको सहकार्यका लागि पहल गरिने छ।
११२. नगर स्तरीय विपद व्यवस्थापन, सूचना प्रणालीलाई प्रादेशिक तथा राष्ट्रिय विपद व्यवस्थापन प्रणालीसंग आवद्ध गर्दै त्ष्यिततबmब क्ष्लायचmबतष्यल ऋभलतभच तथा आपतकालीन कार्य सञ्चालन केन्द्रलाई आवश्यक सामाग्रीसहित थप व्यवस्थित गर्दै लगिने छ ।
११३. नगर प्रहरी, फायरमेन तथा नगर स्तरिय टास्कफोर्स लगायत अन्य कर्मचारीहरुलाई विपद व्यवस्थापन तालिम सहित आवस्यक सामाग्री प्रदान गरिने छ साथै घरेलु आगो निवारण जस्ता जनचेतना मूलक कार्यक्रम समुदायस्तरमा सञ्चालन गरिने छ ।
११४. “उर्जा खपत गरौं, देशको समृद्धिमा हातेमालो गरौं” भन्ने संकल्पका साथ नगर क्षेत्रमा वसोवास गर्ने गरीव तथा विपन्न नागरीक समुदायलाई निश्चित मापदण्ड तयार गरी १००० घर परिवारलाई विद्युतिय इन्डक्सन चुल्हो अनुदानमा वितरण गरिने छ ।
११५. १६÷३६ सिचाई उपभोक्ता समितिहरुसँगको समन्वयमा नगरमा बगेर आउने फोहोर व्यवस्थापन लाई दिर्घकालीन समस्या समाधान गर्न वुटवल उपमहानगरपालिकासँग सहकार्य गरिने छ ।
११६. साप्ताहिक हाट वजार क्षेत्र र अन्य सार्वजनिक क्षेत्रमा सार्वजनिक शौचालय निर्माण कार्यलाई प्राथमिकरणमा राख्दै विभिन्न संघसंस्थाको सहयोगमा १० वायो वटा शौचालय निर्माण गरिने छ ।
११७. तिनाउ र रोहिणी नदी कटानको नियन्त्रणका लागि एकिकृत संरक्षणमा जोड दिइनेछ ।
११८. नागरीकको समस्यालाई ध्यानमा राखी घर तथा व्यवसायबाट दैनिक रुपमा संकलन गरिने फोहोर मैला लाई विहान र वेलुकाको समयमा संकलन गर्ने व्यवस्था मिलाईनेछ यसको लागि आवश्यक समन्वय र सहजिकरण गरिने छ ।
११९. पार्क व्यवस्थापन तथा सूचना प्रणाली ( एबचप ःबलबनझभलत बलम क्ष्लायचmबतष्यल क्थकतझ ) लागु गरी नगरका प्रमुख पार्क वनवाटिका तथा कुञ्जपार्कलाई मनोरञ्जन करमा आवद्धता गरिने छ ।
१२०. जैविक विविधताको संरक्षण तथा व्यवसायिक उपयोगकोलागि सामुदायिक वन क्षेत्रमा सम्भाव्य जडीवुटी र वनस्पतिको पहिचान गरी व्यवसायिक खेती प्रवद्दन तथा बजारिकरण गर्न आवस्यक अध्ययन गरी कार्यान्वयन प्रकृयामा लगिनेछ ।
१२१. तिलोत्तमाको वढ्दो शहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थित एकिकृत ढल निकास योजना लागु गरिने छ ।
१२२. तिलोत्तमा वडा नं. १० मा स्थापित तिलोत्तमा औद्योगिक ग्रामको पूर्णता गर्दै यथासक्य चाँडो सञ्चालन र व्यवस्थापन गर्न संघ र प्रदेश सरकार सँग समन्वय र सहकार्य गरिने छ ।
१२३. उद्योग मैत्री र व्यवसाय मैत्री नगर बनाउन तिलोत्तमाको स्थानीय उत्पादन बजारिकरण मेला महोत्सव संचलान गर्न स्थानीय प्रकृतिको प्रर्दशनि स्थल बनाउन नदि उकाश क्षेत्र तथा अन्य खालि क्षेत्रको पहिचान गर्दै जग्गा व्यवस्थापन गरिने छ ।
१२४. संघीय सरकार प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा नगरपालिका भित्रका विद्युत, टेलिफोन केवुल लाईन र इन्टरनेटको तारलाई चरणवद्ध रुपमा भुमिगत गर्न कार्यको शुरुवात गरिने छ ।
१२५. विपद तथा जोखिम र न्युन आय भएका नगरवासीलाई उपलव्ध गराउने राहत कोषलाई मापदण्ड वनाएर १ हप्ताभित्र राहत उपलव्ध गराउने नीति अवलम्वन गरिने छ ।
१२६. लप्सीखोला वहुउद्धेश्यीय जलाशययुक्त परियोजना निर्माण गरिने छ । यसको लागि संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने छ ।
१२७. धान, गहुँ¸मसुरोको भण्डारण गर्न प्रयोग हुने थ्रेसर चलाउँदा उत्पन्न हुने प्रदुषण र धुलोलाई न्यूनीकरण गर्न त्रिपालको ब्लक व्याग लगाउन अवधारणा लागु गरिने छ ।नगर क्षेत्र भित्रका थ्रेसरलाई मापदण्ड बनाई निश्चित रकम अनुदान उपलब्ध गराईनेछ ।
१२८. सामुदायिक वन तथा पार्कहरुमा जम्मा हुने कुहिने फोहोर तथा पातपतिङ्गर प्रयोग गरी कम्पोष्ट मल वनाउने नीति अवलम्बन गरिने छ ।
१२९. मानवियताको नगर बनाउन मानव सेवा आश्रमसँग समन्वय¸ सहकार्य र साझा अवधारणामा आवस्यक नीति लागु गरिने छ ।
१३०. हरियाली प्रवद्र्धन फोहोरमैला व्यवस्थापन स्वच्छ सफा हराभरा बनाउन टोल विकास संस्थालाई परिचालन गर्दै¸टोल विकास संस्था सञ्जाललाई थप प्रभावकारी बनाउन क्षमतामूलक कार्यक्रम संचालन गरिने छ ।
१३१. नगर फूल (ऋष्तथ ँयिधभच) को रुपमा घोषण गरीएको बेगनबेलीको प्रवद्र्धन गर्न बेगनबेली नर्सरी स्थापना गरिने छ¸जन्मदिनको अवसरमा बेगनबेली फूलको बिरुवा लिएर जान चाहने नगर बाँसिलाई निःशुल्क उपलब्ध गराइनेछ ।
अन्त्यमा, सबै राजनीतिक दल, सामुदायिक, निजी तथा गैर सरकारी संघ संस्था, नागरीक समाज, सहकारी तथा वित्त क्षेत्र, टोल विकास संस्था, युवा क्लब, आमा समूह र सचेत आम नगरवासीहरुको निरन्तर साथ, सहयोग र सर्मथनले मात्र उल्लेखित नीति तथा कार्यक्रमले देखेका समुन्नत तिलोत्तमाका सपनाहरुलाई मुर्तरुप दिन सकिन्छ। आम सञ्चार जगतको निरन्तर खबरदारी हाम्रो लागि सर्वदा पथ प्रर्दशक रहनेछन।यसले समग्र तिलोत्तमालाई नै सुनौलो युगको दिशातर्फ ८ो¥याउने विषयमा हामी आशावादी छौँ। आम नगरवासीका दैनिक समस्याहरु सरल र सहज तवरले समाधान गर्न र नगर क्षेत्रको दिगो र सन्तुलित विकासको खाका तय गर्न उल्लेखित नीति तथा कार्यक्रम प्रभावकारी हुनेछन भन्ने विश्वास लिएको छु ।
धन्यवाद !
रामकृष्ण खाण
नगर प्रमुख




