गर्भवतीलाई पोषण सामग्री वितरण

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० ले बिहीबार गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेको छ । बालमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत् बालबालिकाको पोषणमा सुधार ल्याउन वडाले पोषण सामग्री वितरण गरेको हो ।
वडाध्यक्ष गोपाल प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडाका ३५ जना गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको थियो । वडा सचिव कृष्ण खातीको सञ्चालनमा भएको कार्यक्रममा बालमैत्री संयोजक बालकृष्ण लम्साल, जनस्वास्थ्य अधिकृत कमल प्रसाद पाण्डेलगायले पोषणको महत्वको बारेमा बोल्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.