क्रिमसन अस्पतालमा आमा र नवजात शिशु सुरक्षा कार्यक्रम सुरु

तिलात्तमा, असार ६ । तिलोत्तमाको मणिग्राममा रहेको क्रिमसन अस्पतालले आमा र नवजात शिशु सुरक्षा कार्यक्रम समेत सुरु गरेको छ । नेपाल सरकारको यो कार्यक्रम क्रिमसन अस्पतालले तिलोत्तमा नगरपालिकासँग सम्झौता गरेर सुरु गरेको हो । यस्तै अस्पतालमा मोडुलर ओ.टी. सेवा पनि सुरु भएको छ । आमा र नवजात शिशु सुरक्षा कार्यक्रमअन्तर्गत् अब सेवाग्राहीले क्रिमसन अस्पतालमा उपचार गराउदा नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एनआइसियु सेवा, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधी बापत कुनै शुल्क तिर्नु नपर्ने अस्पतालले जनाएको छ ।
सेवाको शुक्रबार शुभाम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले यो कार्यक्रमले सुत्केरी सेवा लिन नगरबाहिर जानुपर्ने नगरबासीको बाध्यतालाई हटाउने विश्वास व्यक्त गर्नुभयो । नगरबासीको स्वास्थ्य प्रवद्र्धनमा क्रिमसन अस्पतालको पुर्याएको योगदानको चर्चा गर्दै नगर प्रमुख खाणले अस्पतालको प्रशंसा समेत गर्नुभयो ।
यसैगरी उपप्रमुख जागेश्वरी चौधरीले अस्पतालमा सुरु भएको आमा र नवजात शिशु सुरक्षा कार्यक्रमबाट नगरका प्रसुति सेवा लिने महिलाहरु बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सेवा विस्तार गर्दै जाने क्रममा स्थानीय आवश्यकताको आधारमा आमा र नवजात शिशु सुरक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
एक सय शैंयाको अस्पतालमा मोडुलर अप्रेशन थियटर सञ्चालनले शल्यक्रियाको गुणस्तर र सुरक्षा अझ बढाउने अध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो । यस्तै सञ्चालक समिति सदस्य कृष्णप्रसाद अर्यालले अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।
क्रिमसन अस्पतालले नेपाल सरकारको बिपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत डायलासिस, एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर सेवा प्रदान गरिरहेको छ । साथै भारतीय दूतावाससँगको सहकार्यमा ‘ईसीएचएस कार्यक्रम’ अन्तर्गत भारतीय सेनाबाट अवकाशप्राप्त सैनिक तथा तिनका आश्रितलाई निःशुल्क वा सहुलियतमा सेवा उपलब्ध गराइरहेको प्रशासन प्रमुख कुलमणि ज्ञवालीले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.