शुद्धोधनमा नेपालको पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा

काठमाडौं, असार ६ । नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । फस्र्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यो उद्योग स्थापना गरी भारतीय बजारमा निर्यातमा निर्यात थालेको छ । उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले अनुसार पछिल्लो तीन महिनामा १० कन्टेनर फ्रेन्च फ्राइझ भारत निर्यात भैसकेको जानकारी दिनुभयो ।
गत फागुनदेखि व्यावसायिक उत्पादन सुरू गरेको उद्योगले काठमाडौंमा किसान, वितरक, नीति निर्माता र सरोकारवालाहरूसँग आफ्ना उत्पादन सार्वजनिक गरेको छ । उद्योगले फ्रेन्च फ्राइज, आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन उत्पादन गर्छ ।
यो उद्योग नेपालमै पहिलोपटक युरोपेली प्रविधिमा आधारित खाद्य प्रशोधन उद्योग रहेको सञ्चालक पौडेलले बताए । करिब पाँच बिगाहा जमिनमा फैलिएको उद्योगको भवन ६० हजार वर्ग फिटको छ । पूर्ण क्षमता विस्तारका लागि २ अर्बभन्दा बढी लगानी आवश्यक रहेको र हालसम्म करिब डेढ अर्ब लगानी भएको पौडेलले बताउनुभयो । उद्योगमा अहिले २ सय जनाले रोजगारी पाएका छा् ।
उद्योगले नेपालमै पहिलोपटक ब्रान्ड रेपुटेसन कम्प्लायन्स ग्लोबल स्ट्यान्डर्ड (बिआरसिजिएस) प्रमाणपत्र प्राप्त गरेको छ । यो खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानक हो । हाल दैनिक ३० देखि ४० हजार किलो फ्रेन्च फ्राइज उत्पादन भइरहेको छ ।
उत्पादन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सांसद बासुदेव घिमिरे, कृषि सचिव गोविन्द शर्मा लगायतले यो उद्योगले मध्यमवर्गीय उद्यमीको सम्भावना देखाएको बताउनुभयो । उद्योगले भारतको उत्तराखण्डस्थित पाल फ्रोजन ग्रुपमार्फत फ्रेन्च फ्राइज निर्यात गर्छ । साउदी अरबिया, मलेसिया, अमेरिका र दुबईमा निर्यातको तयारी भइरहेको पौडेलले बताउनुभयो । नेपालमा काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ र नेपालगञ्जमा ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० भन्दा बढी सप्लायर, ४०० रेस्टुरेन्ट र १७१ आधुनिक मार्टमार्फत बजार विस्तार गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.