होटल ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल

 

बुटवल, ७ असार। होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् ।संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् । यस्तैगरी, सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन भएका छन् । अधिवेशनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्‌घाटन गरेका थिए । सोही अवसरमा बोल्दै उनले बुटवललाई पर्यटकीय र सांस्कृतिक शहरको रूपमा विकास गर्नेगरी उपमहानगरपालिकाले काम गरिरहेको बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.