प्याब्सनको वक्तृत्वकलामा प्यारामाउन्ट र कविता प्रतियोगितामा स्मृति प्रथम

तिलोत्तमा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता भएको छ । तिलोत्तमाको शंकरपुर स्थित प्याब्सनको कार्यालयमा भएको प्रतियोगितामा जिल्लाका झण्डै ६० वटा निजी विद्यालयले सहभागिता जनाएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा प्यारामाउन्ट ोर्डिङ्ग स्कूल प्रथम, लुम्बिनी बोर्डिङ्ग स्कूल द्धितीय, होराइजन जिबिएस बोर्डिङ्ग स्कूल तृतीय र मणिमुकुन्द बोर्डिङ्ग स्कूल सावन्तवना भएका छन् । यस्तै कविता प्रतियोगितामा स्मृति बोर्डिङ्ग स्कूल प्रथम, दुर्गा शैक्षिक गृह द्धितीय, पावर पिसल्याण्ड बोर्डिङ्ग स्कूल तृतीय र दीप बोर्डिङ्ग स्कूल सावन्तवना भएका छन् ।
कविता प्रतियोगिताको विषय पर्यटन र वातावरण रहेको थियो भने छोराछोरीका लागि आमाबुबाको भूमिका विषयमा विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए । विजयी प्रतियोगितालाई पुस्कार वितरण गर्दै प्याब्सनका केन्द्रीय सदस्य खेमेन्द्र रानाले प्रविधिको बढ्दो प्रयोगले सिर्जनात्मकतामा ह्रास ल्याइरहेको अवस्थामा यस्ता प्रतियोगिताले विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्रदेश सदस्य हरि ज्ञवाली, निर्णायकहरु प्रा.डा. थानेश्वर अर्याल, उपप्रध्यापक कृष्णप्रसाद बस्याललगायतले बोल्नुभएको थियो । प्याब्सनका जिल्ला अध्यक्ष दीपक खनालको अध्यक्षता, सचिव बोधराज गौडेलको सञ्चालन र उपाध्यक्ष भोजराज पौडेलको स्वागतमा कार्यक्रम भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.