शान्तिका माविका १८ विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

तिलोत्तमा । तिलोत्तमामा रहेको शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १८ जनाले ४ जीपीए ल्याएका हुन् । शान्तिको यो नतिजा रुपन्देहीको मात्रै होइन सामुदायिक विद्यालयमा मुलुककैं उत्कृष्ट हो । विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएका हुन् । त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
रुपन्देहीमा सामुदायिक तर्फ कालिका मानवज्ञानका ७, सैनामैना नमुनाका ४ जना, नयाँगाउँका ३, नवरत्नका २, रामापुर, कान्ति, जनकल्याण, सुनगाभा, सिद्धेश्वर लालकुमारी, नविन औद्योगिकका १÷१ जनाले ४ जिपिए ल्याएका छन् । यसैगरी संस्थागततर्फ न्यू होराइजनका ११ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.