-मुकुन्द न्यौपाने
पहिलो भेट भएथ्याे हाम्रो धनुषा जिल्लामा
काे के र मुक्तिमोर्चालाई राखी एउटै किल्लामा
काेशीकाे इन्चार्ज भएर तिमी पूर्वमा गैगयाै
नारायणीकाे जिम्मा भाे मेरो तिमी दुर भै गयाै।
म काेशी पुग्दा जाेगवनी क्षेत्र मजदुरकाे डेरामा
सुन्नलाई मजदुरआउथे नि आफ्नो मुक्तिकै बारेमा
वाेली नै तिम्रो चुम्बकै जस्तो मान्छेकाे मन तान्ने
सुनेर मजदुर विताउँथे रात कस्तो हाे मन थाम्ने ।
बाल्यैकाल देखि म पनि लेख्थे गीत अनि कविता
तिम्रो नै साथमा जागेर आयो त्यै कालको रमिता
प्राेत्साहन तिम्रो लगातार पाउदा मन् मेरो फुर्दैगाे
लाेकविनाेद फुर्याे मनभित्र गीति नाटक नि फुर्दैगाे।
तिनओटा गीति नाटक लेख्दा तिमीले हेरेथ्याै
फुलवारि कथा हवाईकाे ब्यथा मनभित्रै वेरेथ्याै
अन्धकार रातमा धनकुटा जिल्ला त्यो रानी बारीमा
वैठकले पस्ने निर्णय गर्याे पन्चायत किल्लामा ।
हलचल आयो पंचायत भित्र देशभरमै खलबल
मच्चियाे माले पस्याेरे भन्दै गाउँ घरमा हलचल
मालेकाे शक्ति गाउँ गाउँमा बढ्यो सहरमा चम्कियाे
त्याे माले पार्टी आह्वानमा तिम्रो देशभर नै लम्कियाे।
पाेखराबाट साेमनाथ प्यासी चितवन जागृत
काठमाडौं बाट ती पद्म रत्न इलामका नाेवल
ती द्राेणाचार्य क्षेत्रीले जिते झापाको जिल्लामा
पाँच जना माले छिर्दामा हलचल पन्चायत किल्लामा।
पंचायत ढाल्ने तयारी गर्न किल्लामै पठायोै
तीन बर्ष पछि पंचायत फाल्दै बहुदल जगायाै
मदन तिम्ले काठमाडौं जित्योै म जिते बारामा
मनमाेहन थ्ये एमाले साथ-साथ सूर्यको नारामा ।
२०८२।३।२७





