काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो तथा उदार मौद्रिक नीति ल्याएको छ । अर्थतन्त्र सुधारोन्मुख रहेको निष्कर्षसहित गभर्नर प्राडा विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर बजार र घरकर्जामा लचकता अपनाइएको छ ।
राष्ट्र बैङ्कले बैङ्क दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, निक्षेप सङ्कलन दर तीन प्रतिशतबाट घटाएर २.२५ र नीतिगत दरलाई पाँच प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको छ ।
मौद्रिक नीतिले एकल सेयर कर्जालाई १५ करोडको सीमाबाट बढाएर २५ करोड रुपियाँ पुर्याएको छ । निजी आवासीय घर खरिद तथा निर्माणमा प्रवाह गर्ने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड रुपियाँ पुर्याइएको छ । पहिलो पटक यो सुविधा लिनेलाई ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था मिलाइएको छ ।
पूर्णविवरण हेर्नुहोस्
https://www.nrb.org.np/contents/uploads/2025/07/Monetary_Policy_2082-083.pdf?fbclid=IwY2xjawLetwVleHRuA2FlbQIxMABicmlkETFFZ3YzRGRHTnI5NzJVbjRCAR6JDKm-GRXCtVDDJTR6uJaD0DARYVAHrMZPB4v8fyGMjVKE_Y1sLW8F7fev9A_aem_NNIdomjHYJTWqWJPC16Sag
लचिलो मौद्रिक नीति -पूर्णविवरण सहित
शेयर बजार र घरकर्जामा लचकता





