हुँगामा ठूलापोखरा टोल सुधार संस्थाले गर्यो वृक्षरोपण

बुटवल । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर १ का अगुवाहरुले ठूलापोखरा टोल विकास संस्थाको कार्यालय स्थापना गरी सामुदायिक विकासका योजनाहरुलाई अघि बढाएका छन् ।

हुँगा ठूलापोखरामा कार्यालय स्थापना गरी गाउँ टोलको विकासमा सामुहिक छलफल गर्ने र सामाजिक हितका काम गर्ने लक्ष्य संस्थाको छ।
संस्थाले ठूलापोखरामा कार्यालय स्थापनासँगै वृक्षरोपण कार्यक्रम समेत गरेको छ ।
वन तथा वातावरण संरक्षणका लागि खाली र पाखो क्षेत्रमा वृक्षरोपण गरिएको स्थानीय अगुवा मार्कण्ड भण्डारीले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.