बुटवल । नेकपा एमालेले राष्ट्रिय सभामा प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ । नेकपा (एमाले )केन्द्रिय सल्लाहकार परिषद सद्स्य भट्टराई एमालेका पुराना तथा इमान्दार नेता मानिनुहुन्छ ।
एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी पत्रमा भनिएको छ, ‘विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुने विश्वास लिएको छु।’
नेकपा एमालेको पार्टी विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा मनोनयन गरिएको हो ।
एमालेबाट राष्ट्रिय सभामा प्रमुख सचेतक भवगती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतकको पद रिक्त भएको थियो ।
नवनियुक्त प्रमुख सचेतक भट्टराईले राष्ट्रिय सभामा पार्टीको भूमिका थप प्रभावकारी बनाउन सक्दो भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।




