लायन्स इन्टरनेशनलको वृहत् वृक्षरोपण कार्यक्रम

काठमाडौं । समाजसेवामा चर्चित संस्था लायन्स इन्टरनेशनल नेपालले वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको गोदावरी नगरपालिका लेलेको मनकामना क्षेत्रमा लायन्स टोलीले वृक्षरोपण गरेको हो ।
वातावरण संरक्षण र भूक्षय रोकथामका लागि वृक्षरोपण अत्यन्तै जरुरी भएकोले शनिवार लेले क्षेत्रको वन पाखामा विभिन्न प्रजातिका विरुवा रोपिएको सेकेण्ड भ्वाइस डिस्ट्रिक्ट गभर्नर कुशप्रसाद मल्लीले जानकारी दिनुभयो ।
वृक्षरोपण कार्यक्रममा बागमती एरियाका लायन्स क्लबहरूका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक सहभागिता थियो ।
मानवीय सेवाको उदेश्यले अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोडभन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । यस्तै आँखा उपचारमा लायन्सको योगदान अमुल्य छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए ।

विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिक्टमा ३२ हजारभन्दा बढी लायन्स सदस्यहरु छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.