काठमाडौं । अविरल वर्षाले पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । गएरातिको पहिरोले घर पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् । एक जनाको भने सकुशल उद्दार गरिएको छ । स्थानीय गाउँलेहरूद्वारा उद्दार कार्य जारी रहेको वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
केहीदिन अविरल वर्षा हुनसक्ने भन्दै विभिन्न जिल्लामा स्थानीय प्रशासनले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आइतबारदेखि विभिन्न क्षेत्रमा अविरल वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।





