एमालेले ढोका थुनेपछि विद्या भण्डारीको विशेष पत्रकार सम्मेलन हुँदै

काठमाडौँ — नेकपा एमालेले ढोका बन्द गरेर राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि असन्तुष्ट बन्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।
उहाँले भोलि (शुक्रबार) काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्नुभएको हो ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको हालैको बैठकको निर्णय र त्यसपछिको राजनीतिक परिस्थितिका विषयमा जानकारी गराउनका लागि उक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो।
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा रोक लगाएपछि बुधबार सामाजिक सञ्जालमार्फत छोरी उषाकिरण भण्डारीले उक्त निर्णयलाई तिकडमको संज्ञा दिँदै भन्नुभएको थियो ‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहीं अच्चमित छैन।’
त्यसो त पूर्वराष्ट्रपति भण्डारीले आफू अघि बढिसकेको र नरोकिने प्रष्ट अभिव्यक्ति केही पत्रकारहरुलाई आफ्नै निवास बोलाएर दिनुभएको थियो ।
भण्डारीको राजनीतिमा पुनरागमनले एमालेमा ध्रुविकरण बढ्दै गएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.