सामुदायिक वनमा नर्सरी उद्घाटन

बुटवल । रुपन्देहीको शिवनगर सामुदायिक वनमा सञ्चालित नर्सरीको शनिवार उद्घाटन गरिएको छ ।
बुटवल उपमहानगरपालिका ७, ८, ९, र ११ का उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याइरहेको शिवनगर वनमा सामुदायिक नर्सरीको नगरउपप्रमुख खेलराज पाण्डेले एक समारोहकाबीच उद्घाटन गर्नुभएको हो ।
नर्सरीमा कम्पेकटर, टेबल कामीनी, रन्तना, मरिच, बैंगलोर कोरोटोन, मुन्तला, नास्पाती, सुन कागती, आँप, स्याउ, रातो अमला, माल्य मौसमी, लालुपाते, रातो असारे लगायतका विभिन्न फलफूलका विरुवा रहेको सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीकी अध्यक्ष श्यामकला आचार्य सुमित्राले जानकारी दिनुभयो ।
यसैगरी टिक, रवर प्लान्ट, बगेनबेलिया, क्रिसमस ट्री, लेमन धुपी, पिक डेसिना, स्पाइडर प्लान्ट,एगलोनिमा, सोनापिडा लगायतका ४९ थरिका विभिन्न प्रजातिका फलफूलका विरुवा छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.