९० वर्षको उमेरमा मोहनविक्रम सिंह खुला राजनीतिमा

बुटवल । ५७ वर्षदेखि अर्धभूमिगत रहेर कम्युनिष्ट राजनीति गरिरहेका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह ९० वर्षको उमेरमा खुला राजनीतिमा फर्कनु भएको छ।
नेकपा मसालको साउन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्री सिंहलाई पार्टीले खुला राजनीतिमा ल्याउने निर्णय गरेको हो।
९ वर्ष जेल बसेर २०२७ चैत ४ गते रिहा हुनु भएका सिंह त्यसयता भूमिगत जस्तै रहनुभयो । आक्कल झुक्कल अन्तर्वार्ता दिने तर अधिकांश समय अर्ध भूमिगत भएरै राजनीति गरिरहनुभएका सिंह नेपालका पुराना बामपन्थी नेता तथा साहित्यकार हुनुहुन्छ ।
१९९२ वैशाख ३ गते प्यूठानमा जन्मिएका महामन्त्री सिंह खुला राजनीतिमा आए पनि मसालको केन्द्रीय कमिटी भने अहिले पनि भूमिगत नै राखिएको छ ।
नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्रीय कमिटी बैठकले महामन्त्रीलाई खुला राजनीतिमा आउन दिने निर्णय गरेको जानकारी दिनुभयो ।
विदेशीको हस्तक्षेप बढेको र देशमा संकटहरू आइरहेको भन्दै मसालले केन्द्रीय कमिटीलाई भूमिगत नै राखेको हो । महामन्त्री सिंहले २००७ को क्रान्ति मा विपक्षी नेपाली कांग्रेसमा सामेल भएर प्रजातन्त्रको आन्दोलनमा भाग लिनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.