भैरहवा जेलमा रहेका रविलाई भेटेपछि रास्वपा संसदीय दलको बैठक

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसेको छ ।
काठमाडौंबाट भैरहवा आइपुगेका रास्वपाका नेता तथा सांसदहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग आजै बिहान भेटेर छलफल गरेपछि संसदीय दलको बैठक बसेको हो ।
भिजिट भिसा प्रकरणमा पार्टीका तर्फबाट दुई महिनादेखि संसदमा आवाज उठाउँदा पनि बेवास्ता गरिएको, संसदमा पेश भएका विधेयकहरु अघि बढ्न नसकेको लगायतका समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेकोले रास्वपाको संसदीय दलको बैठक त्यही क्षेत्रमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.