इमाडोलको कृष्ण प्रणामी मन्दिरमा भक्तहरु घुइँचो

काठमाडौं । श्रीकृष्ण प्रणामीहरुको प्रमुख मध्येको एक मन्दिर इमाडोलमा संचालन भइरहेको सत्संगमा धर्मालम्बीहरुको घुइँचो बढ्दै गएको छ । यो समयमा निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्म अन्तर्गत देश तथा विदेशमा रहेका श्रीकृष्ण प्रणामी मन्दिर, आश्रम, साधनालय र हरेक प्रणामीहरूको घर घरमा समेत वितक चर्चा र पाठ हुने गर्दछ । श्रीकृष्ण कथा पनि संग सगै हुने गर्दछ । वितक चर्चा नवतनधामका महन्त श्री १०८ पुरुषोत्तम जी महाराजवाट हुदै आइरहेको छ ।
हरेक वर्ष साउन श्रीकृष्ण पंचमीवाट सुरू भइ श्रीकृष्ण जन्माष्टमीको दिन पुर्णाहुती ( सम्पन्न) हुने गर्दछ । वितक चर्चा तथा श्रीकृष्ण कथामा वागमती प्रदेशका सांसद रामकृष्ण चित्रकार लगायत उच्चपदस्थहरुको पनि उपस्थिति भएको छ । श्री १०८ पुरूषोतमजी महाराजबाट विशिष्ट पाहुनाहरुलाई सम्मान समेत गरिएको थियो ।
साथै वितक कथाको सुभारम्भ आज भन्दा ३३१ वर्ष अगाडी देखि संचालन हुदै आइरहेको छ । श्रीकृष्ण प्रणामी मूल मन्दिर ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा रहेको छ । यो श्रीकृष्ण प्रणामीहरीको नेपाल भरिको मूल मन्दिरको रूपमा रहेको समाजसेवी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.