राधाकृष्ण मन्दिरको २३ औं साधारणसभा

 

              
बुटवल, साउन २५ । बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित श्रीराधाकृष्ण मन्दिर समितिको २३ औं साधारणसभा तथा ७ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । समितिका अध्यक्ष जीवनारायण पौडेलको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले मन्दिर पूजा–अर्चनाको स्थान मात्र नभई समाजलाई एकताको सन्देश दिने केन्द्र भएकाले यसलाई अझ आकर्षक र व्यवस्थित बनाउन नगरपालिकाबाट समेत आवश्यक सहयोग गरिने आश्वासन दिनुभयो ।
समितिका अध्यक्ष जीवनारायण पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिले वर्षभरि सञ्चालन गरेका धार्मिक, सामाजिक र भौतिक विकासका गतिविधिहरूबारे जानकारी दिनुभयो । उहाँले भक्तजन र सहयोगी मनका कारण मन्दिरको संरचना संरक्षण, नियमित पूजा, धार्मिक पर्व, अनुष्ठाको आयोजना र सामाजिक सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।
यस्तै वडाध्यक्ष यज्ञ प्रसाद पंगेनीले धार्मिक स्थलहरूलाई सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको आधारस्तम्भका रूपमा जोगाउन सबैको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, मन्दिर समितिका सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, धार्मिक अगुवा तथा भक्तजनको उल्लेख्य उपस्थिति थियो । साधारणसभाका वक्ताहरुले मन्दिरको दीर्घकालीन संरक्षण, पूर्वाधार विकास र धार्मिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मन्दिरका सहयोगदाता, आजीवन सदस्य, पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । कोषाध्यक्ष डम्बरदेव न्यौपानेले वार्षिक आयव्याय प्रस्तुत गर्नुभएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद न्यौपानेको स्वागत तथा सचिव नवराज चापागाईंको सञ्चालन सम्पन्न भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.