लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रो पटक गुणस्तर सुनिश्चितता

 

रुपन्देही साउन २८
बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रो पटक गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्राप्त गरेको अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना खुशियाली मनाएको छ ।
लगातार तेस्रो पटक क्यूएए प्राप्त गरेकाले सम्बद्ध सबैलाई यो विषयमा जानकारी गराएको लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले जनाएको छ ।
क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले लगातार तेस्रो पटक क्यूएए प्राप्त गर्ने लुम्बिनी वाणिज्य क्याम्पस नेपालकैं पहिलो भएको बताउँदै क्याम्पसलाई विश्वविद्यालय बनाउने गरी योजना अघि बढाइएको बताउनुभयो । व्यवस्थापन संकायको मात्र अध्यापन हुने सामुदायिक क्याम्पसमा हाल झण्डै ४ हजार विद्यार्थीले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्छन् भने ४८ जना प्राध्यापक र २५ जना कर्मचारी कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पस २०३८ सालमा स्थापना भएको हो । क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट पहिलो पटक विसं २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत् क्याम्पसले हाल पाँच वटा स्वायत्त कार्यक्रमहरू सञ्चालन गरेको छ ।
पन्चे बाजागाजा क्याम्पस प्राङ्गणबाट सुरु भएको प्रभात फेरी तीनकुने, इँटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका चोक, होराईजन चोक हुँदै क्याम्पस प्राङ्गणमा आएर समापन भएको थियो । प्रभातफेरीमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयसहितका जनप्रतिनिधिहरु, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, क्याम्पसका प्राध्यापक तथा कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, अभिभावक एवं शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.