गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजको भोली तीजमिलन तथा दर खाने कार्यक्रम

बुटवल । हरितालिका तीज २०८२ को अवसर पारेर गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजले भोली अर्थात् शनिबार बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरेको छ । बुटवल–१३, बेलबासस्थित साइनो पार्टी प्यालेसमा हुने उक्त कार्यक्रममा समाजका सदस्य, स्थानीय महिलाहरु र समुदायका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहने छ । तीज पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन समाजले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । कार्यक्रममा उपस्थित सबैले दर खाई तीजको उल्लास एकअर्कासँग बाँड्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ । आयोजक समाजका पदाधिकारीहरुले तीज मिलन कार्यक्रमले यस क्षेत्रमा रहेका तथा आ–आफ्नो कर्मथलोमा व्यस्त रहेका सदस्यहरुलाई भेटघाट र आत्मीय सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने बताएका छन् । उनीहरुले तीजलाई केवल नाचगान र दर खाने पर्व मात्र नभई कुर्घेली महिलाहरुबीच एकता, संस्कृतिको संरक्षण र सामाजिक सन्देश प्रवाह गर्ने अवसरको रुपमा लिनुपर्ने बताउँछन् । कार्यक्रमले महिलाहरुको सहभागिता, संस्कृति र परम्पराको निरन्तरतामा टेवा पुग्ने आयोजक समाजले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.