रुपन्देहि । प्लम्बर पाइप्सको ब्राण्डमा प्लम्बिङ्ग सम्बन्धी विभिन्न सामानहरु उत्पादन गर्दै आएको नेपालगञ्ज स्थिग जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजको आयोजनामा पलम्बर पाइप डाइनामिक मिलन सन्ध्या कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीबाट उत्पादित सामग्री र बिक्री स्किमको बारेमा बिक्रेताहरुलाई जानकारी गराउन तथा पलम्बर का उत्पादन समाग्रिमा समस्या भए सुझाव लिन तिलोत्तमाको कोटिहवा स्थित टाइर्गस् प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो । कम्पनीका प्रबन्ध निर्देशक नितिन जलान, ब्राण्ड एम्बेष्टर कलाकार दीपकराज गिरीको सहभागितामा आयोजित कार्यक्रममा बुटवलको आधिकारिक बिक्रेता नमस्ते लुम्बिनी विजनेश प्रा.लि. अन्तर्गत्का बिक्रेताहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा कलाकार दीपकराज गिरीले जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजका सवै उत्पादनले सवै उपभोक्ताको मन त्नि सफल भएको भन्दै यस्ता राम्रा गुणस्तरी कम्पनि संग सहकार्य गर्न पाउदा आफुलाइ गर्वलागेको बताउनु भयो । सो अवसरमा कम्पनीका निर्देशक नितिन जलानले कम्पनीले तातो र चिसो पानी प्लम्बिङ्ग प्रणालीका सबै प्रकारका सामानहरु उत्पादन गर्दै आएको जानकारी गराउँदै गुणस्तर र नवीनतालाई एकसाथ अघि बढाइएको बताउनुभयो ।
स्थानीय रूपमा सबै प्लम्बिङ्ग सामानहरु उत्पादन गर्ने जय बागेश्वरी नेपालको पहिलो र एकमात्र कम्पनी रहेको दाबी गर्दै उहाँले कम्पनीका सामानमा ५० वर्षको ग्यारेन्टी रहेको दाबी गर्नुभयो । यस्तै नमस्ते लुम्बिनी विजनेश प्रा.लि. का निर्देशक तुल्सीराम कंडेलले प्लम्बर पाइप्सका उत्पादनहरूले दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने बताउँदै यसले प्लम्बिङ्ग कार्यलाई चिन्तामुक्त बनाउने दाबी गर्दै कम्पनिले गरेको विश्वासलाइ कडा मेहनतका साथ काम गरेर नमस्ते लुम्बिनी विजनेश प्रा.लिले पुष्टि गरेको बताउनु भयोे । जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजका निर्देशक निरज जलानले कम्पनि र उपभोक्ता विचमा पुलको काम गर्न महत्वपुर्ण भुमिका निवार्हा गर्ने पलम्वर ब्यवसायि हरुबाट भएका काममा आफुहरु सन्तुष्टि भएको बताउनु भयो । उहाले पुर्णत स्वदेशि उत्पादनमा निर्भर रहेको उच्च कोटिको गुणस्तर भएको र गुणस्तरमा जिरो सम्झौता को बजारि करणमा निती कम्पनिको भएको दावि गर्नुभयो । निर्देशक निरज जलानले नयाँ नयाँ उत्वादन बढाउने तयारी गरीरहेको जानाकारी दिनु भयो ।
नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश उपाध्यक्ष जेपी कंडेलले गुणस्तरीय सामान उत्पादन गरेर उपभोक्ताको मन जित्नु सबैभन्दा महत्वपूर्ण विषय रहने चर्चा गर्नुभयो । २०७१ सालमा स्थापित जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजलाई प्लम्बर पाइप्सको नामले चिनिन्छ ।
प्लम्बिङ्ग समाधानमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यका साथ एउटा सानो उद्यमबाट सुरु भएको यो कम्पनी हाल नेपालको एक अग्रणी ब्रान्डमा परिणत भएको छ । गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई मुख्य प्राथमिकता दिएको कम्पनीले “विश्वास प्लम्बिङ्गको” भन्ने नारालाई अघि सारेको छ । हाल कम्पनीले विभिन्न साइज र गुणस्तरमा पिभिसी पाइप, युपिभिसी पाइप, सिपिभिसी पाइप, अन्डर ग्राउण्ड ड्रेनिङ्ग पाइप, बाथ फिटिङ्ग, वाटर टैंक उत्पादन गर्दै आएको छ । कार्यक्रममा १५० बढी पलम्वर ब्यवसायिको उपस्थीति रहेको थियो ।





