खुद्रा ब्यवसायीले खुवाए गौमातालाइ आहार

 

बुटवल । खुद्रा किराना व्यवसायी संघ, बुटवलले आफ्नो १५औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनको पूर्व सन्दर्भमा गौमाता संरक्षणार्थ विशेष खाद्य वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल–७, नन्दनी गौशाला, शिवनगरमा आयोजित उक्त कार्यक्रममा गौमाताहरूलाई आवश्यक खाद्यान्न वितरण गरिएको थियो । संघले सामाजिक उत्तरदायित्वअनुसार सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै बुटल उपमहानगरपालिका उपप्रमुख सावित्रादेबी अर्यालले खुद्रा व्यवसायीहरुलाइ उपमहानगरले सम्मान गर्ने वातावरण बनाउन आग्रह गरिन । उनले व्यवसायीहरु प्रति विश्वास बढ्नको लागि कडा रुपमा अनुगमन गर्ने गरेको बताउँदै आउँने नगरपालिकाको स्थापना दिवसमा संस्थालाइ सम्मान गर्ने चाहाना रहेको सुनाइन् ।
कार्यक्रममा सल्लाहकार कृष्ण पाण्डे, निवर्तमान अध्यक्ष मोहन बस्याल, अध्यक्ष महेन्द्र पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रममा संघका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा गौशालामा रहेका गौमाताहरूलाई आहार उपलब्ध गराइएको थियो । संघले आफ्ना ग्राहकलाई सहज र पारदर्शी सेवा पुर्याोउँदै सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएको जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.