काठमाडौँ उपत्यकामा भाद्र २७ शुक्रबार गते पनि निषेधाज्ञा तथा कर्फ्यू जारी

२६ भाद्र

काठमाडौँ उपत्यकामा भोलि अर्थात भाद्र २७ शुक्रबार गते पनि निषेधाज्ञा तथा कर्फ्यू जारी रहने छ।

पछिल्लो सुरक्षा परिस्थितिको समिक्षा गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले जनधनको सुरक्षाका लागि सो व्यवस्था कायम राख्नुपर्ने निष्कर्ष निकाले पछि नेपाली सेनाले भोलि शुकबार पनि कर्फ्यू तथा निषेधाज्ञाको सूचना निकालेको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उपत्यकामा मिति भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ ।

यस्तै, भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ ।

साथै, अत्यावश्यक आवतजावतका लागि भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म समय छुट्याइएको छ ।

निषेधाज्ञा तथा कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ढुवानी गर्ने सवारीसाधन सञ्चालन गर्न सकिने नेनाको विज्ञप्तीमा उल्लेख छ

त्यसैगरी, सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो सक्कल परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ । तर डिजिटल परिचय पत्रलाई भने मान्यता नदिने सेना जनाएको छ ।आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले भने आफ्नो टिकट देखाई विमानस्थलसम्म पुग्न सक्नेछन् ।काठमाडौँ उपत्यका बाहिरको अवस्थाबारे सम्बन्धित जिल्ला सुरक्षा समितिले परिस्थितिअनुरूप निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयले आम नागरिकलाई सुरक्षाकर्मीलाई सहयोग पुर्‍याउन र आवतजावतका लागि छुट्याइएको समयमा कुनै जुलुस, धर्ना वा प्रदर्शन नगर्न आग्रह गरेको छ ।

जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा सुरक्षाकर्मी प्रतिबद्ध रहेको नागरिक स्तरबाट पनि सहयोग रहने अपेक्षा सेनाले गरेको छ ।।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.