बुटवल जेसिजको आयोजना तथा ईलाका प्रशासन कार्यालय बुटवलको समन्वयमा आज बुटवल क्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान तथा अधिकृतलाई उत्प्रेरणा तालिम दिइएको छ । जेनजी आन्दोलनले सुरक्षाकर्मीमा पारेको नकारात्मक प्रभावलाई हटाउन यस प्रकारको तालिम आयोजना गरिएको आयोजकको भनाइ छ ।
सुरक्षाकर्मीको मनोबल उच्च बनाउन उत्प्रेरणा तालिम आयोजना गरिएको ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।उत्प्रेरणा तालिममा एक सय जना सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । तालीममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख अर्याल र उत्प्रेरणा प्रशिक्षक रमेश अर्यालले सहजीकरण गर्नुभएको थियो । तालीमले सुरक्षाकर्मीहरुको आत्मविश्वास बढाउन सहयोग पुर्याएको बुटवल जेसिजका अध्यक्ष मोहन न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा जेसिजका महासचिव प्रकाश गैरे, इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु ज्ञवालीलगायतले उत्प्रेरणा तालीमको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम बाट गुमेको मनोबल बढाउन र जनताको सुरक्षमा लाग्न थप प्रेरणा मिलेको सहभागि सुरक्षाकर्मि हरुको भनाइ रहेको थियो । जनस्तर बाटै सुरक्षानिकायको मनोवलबढाउने कामको खुलेर प्रसंसा गरेका थिय ।





