सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारीले नेपालीे कागज उद्योग स्थापना गर्ने

सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी को दशौँ वार्षिक साधारण सभा सम्पन्न

असोज ३१
बुटवल । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लि. को दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बुटवलमा रहेको सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडले आफ्नो व्यवसायिक दायरा विस्तार गर्दै नयाँ आयाम समेत थपेको छ । संस्थाले बहुप्रतिक्षित नेपालीे कागज उद्योग स्थापना गर्ने योजनालाई मूर्त रूप दिन रुपन्देहिको सैनामैनामा आवश्यक जग्गा खरिद गरिसकेको छ र चाँडै उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रकाशन र मसलन्द क्षेत्रमा स्थापित यो सहकारीले आफ्नो १०औँ वार्षिक साधारण सभाबाट पारित गरेको महत्त्वाकांक्षी योजनाअनुरूप नेपाली कागज उद्योग स्थापना गर्ने योजना पारित गरेको छ । यसले नेपाली स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै सदस्यहरूको आर्थिक उन्नतिका लागि थप स्रोत जुटाउने विश्वास गरिएको छ । नेपाली कागज उद्योगले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय सीप र कच्चा पदार्थको सदुपयोगमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । सहकारीले सामुदायिक विद्यालयहरूका लागि कक्षा १ देखि ५ सम्मका नेपाली र अंग्रेजी माध्यमका पुस्तकहरू साविक पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाहरूमा समयमै पुर्याएर संस्थाले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याएको छ । संस्थाका पदाधिकारीहरूका अनुसार, १०९ जना शेयर सदस्य र करिब १० करोड बढी पुँजी भएको यो सहकारीले मसलन्द सामग्री (स्टेशनरी) र आफ्नै उत्पादन ’सिर्जनशील कपी’ को बिक्री वितरणलाई पनि निरन्तरता दिइरहेको छ । नेपाली कागज उद्योगको स्थापना गर्ने सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड ले अब प्रकाशन, मसलन्द विक्रि वितरण संगै प्रकाशन, मसलन्द र उत्पादन का क्षेत्रमा केन्द्रित हुने संस्थाका अध्यक्ष मनोहरी बस्यालले जानाकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष बस्यालले सहकारीले स्वदेशमा उत्पादिति कच्चापदार्थ बाट नेपालि कागज उत्पादनगरी देशका विभिन्न सहरमा पुराउने योजना रहेको बताउनु भयो । अध्यक्षले आगामी दिनमा सहकारीलाई थप प्रभावकारी बनाउँदै सदस्यहरूको हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाकार तथा उधोग बाणिज्य संघ बुटवलका अध्यक्ष हरी अर्यालले सहकारीले छोटो समयमा गरेको प्रगतिले सहकारीको मर्म अनुसार चलेको पुष्टी भएको बताउनु भयो । प्रमुख अथिति समेत रहनु भएका सल्लाकार अर्यालले सवै सदस्यहरुको भावना अनुसार चलेका सहकारीमा कुनै समस्या नरहेको भए पनि कतिपय सहकारीका संचालकले गलतकाम गर्दा सहकारी मा संका उत्पन्न गराएको पनि बताउनु भयो । ,सहकारीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डे, डा.वालकृष्ण चापागाइ,उपाध्यक्ष दिवाकर घिमिरे,कोषाध्यक्ष रामकृष्ण चापागाइ, सचिव बालकृष्ण बस्याल,दिपक पाठक,रिमा विसी विमल घिमिरे लगायतले बोल्दै सहकारीले गरेको कार्य सकारात्मक भएको बताउदै आगामि दिनमा संस्थाको थपप्रगतिका लागि बनाइएका योजना पुरागर्न सहयोग गर्ने बताएका थिय । सभामा संस्थाका अध्यक्ष,मनो हरी बस्याल कोषाध्यक्ष रामकुष्ण चापागाइ को तथा लेखा समिति सदस्य विमल घिमिरे द्धारा प्रस्तुत संस्थाको गत एक वर्षको कार्य प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन लेखा प्रतिवेदन तथा भावी योजनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरूमाथि सदस्यहरूले आफ्ना धारणा तथा सुझावहरू राखेका थिए । साधारण सभाले छलफल पश्चात् सबै प्रतिवेदनहरूलाई सर्वसम्मतले पारित गरेको छ । सभाले संस्थाको आर्थिक अवस्था सुदृढ बनाउने तथा सदस्यहरूलाई थप सेवा र सुविधा उपलब्ध गराउने विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.