
नेपालमा छठ पर्व तराइ मदेशका हिन्दू धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ । नेपालको विशेषगरी तराई मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । तर पछिल्लो समय रुपन्देहिमा यो पर्व सम्रग नेपालीको साझा पर्वको रुपमा विकसित भएको छ ।





