रुपन्देहि र पाल्पामा भएको गाडि दुर्घटनामा परी छ जनाको मृत्यु

 

रुपन्देहि १२ कात्तिक ।
रुपन्देहि र पाल्पामा भएको गाडि दुर्घटनामा परी छ जनाको मृत्यु छ ।
रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको र पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपको भित्री सडकमा इभी भ्यान दुर्घटना हुँदा ३ जनाको गरी छ मृत्यु भएको छ ।े चार जना गम्भीर घाइते भएका छन ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेकोे रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्। तीमध्ये आचार्यको गय गते राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । तेस्तै पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपको भित्री सडकमा इभी भ्यान दुर्घटनामा परी इभी भ्यानका चालक रैनादेवी छहरा गाउँपालिका ४ का कमल बहादुर रायमाझी, सोही वडाको मेहलढाप बस्ने रामबहादुर गाहा र रैनादेवी छहरा वडा नंम्बर १ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो । गाडि दुर्घटनामा रुपन्देहिको कन्चनमा गएराति र पाल्पामा आज विहान १० बजे बुटवलबाट पाल्पाको लागि छुटेको लुम्बिनी प्रदेश ०००१ ज ००९१ नम्वरको ईभी भ्यान रैनादेवी छहरा–४ को पिपलभञ्याङमा आज दिउँसो १ बजे दुर्घटनामा परेकोे हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.