रुपन्देहि कार्तिक २२
बुटवल ६ मा रहेको रेसुङ्गा आलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सभाले अध्यक्ष कृष्णप्रसाद पोख्रेलले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा गोविन्दप्रसाद अर्यालले प्रस्तुत गरेको लेखा प्रतिवेदन तथा आगामी योजनाहरू पारित गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, निवर्तमान सांसद तथा पूर्व तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले सहकारीलाई मितव्ययी तरिकाले चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीलाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा तिनपा एकका बडा अध्यक्ष फर्सुराम गिरीले सहकारीका रकम अपचलन गर्नेमाथि राज्य निर्मम हुनु पर्ने भन्दै सहकारीका सदस्य हरु पनि सचेत भए अपचलन रोक्न सकिने बताउनु भयो । कार्यक्रममा सहकारीका सल्लाकार टीकाराम घिमिरेले सहकारी एैन संसोधन हुन नसक्दा सहकारीका बदमासि गर्नेहरुमाथि कार्बाहिमा समस्या परेको भन्दै सहकारीको निति र सिद्धान्तमा रहेर चलेका सहकारीमा कुनै समस्या नरहेको बताउनु भयो ।
घिमिरेले सहकारी लाइ ब्यवस्थित बनाउन यस अघिको सरकारले थुप्रै काम गरेको भएपनि देशमा भएको परिवर्तित परिस्थीतिले रोकिएको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद पोख्रेलले सहकारीले गरेका प्रगति बारे बोल्दै सहकारीका सदस्यहरुलाइ ब्यवसायिक,आत्मनिर्भर बनाउदै आगामी दिनमा अझ पारदर्शी ढङ्गले कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहकारीका सल्लाकार टीकाराम घिमिरे, गुल्मेली सम्पर्क समाजका अध्यक्ष नारायणप्रसाद पन्थ, सल्लाहकार केशवराज पन्त, लक्ष्मण उपाध्याय,दीप बोर्डिङ हाई स्कुलका प्रधानाध्यापक टिकाराम न्यौपाने, लेखा गोविन्दप्रसाद अर्याल, केदारचन्द्र पराजुली र शारदा अर्याललगायतले बोल्दै सहकारीले आर्थिक अनुशासन पालना गर्दै सदस्यहरुको भावना बुझेर कामगर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन गीताकुमारी भण्डारी खनालले गर्नुभएको थियो । साधारण सभामा असलऋणी उत्कृष्ट कर्मचारी उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीलाई र सेयर सदस्य नगद सहित सम्मान गरिएको थियो
अधिवेशनले नेदिराम ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गीता कुमारी भण्डारी खनालसचिव : खुमराज कण्डेल कोषाध्यक्ष : केशवराज पन्थ सदस्यहरु सारदा अर्जेल ,यदुनाथ भण्डारी ,विष्णुप्रसाद खनाल, श्रीराम भण्डारी ,सरस्वती तिवारी पराजुली रहनु भएको छ । तेसै गरी अधिबेशनले गोविन्दप्रसाद अर्यालको संयोजकत्वमा सीता अर्याल, बोमलाल भण्डारी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति पनि गठन गरेको छ ।





