श्रृंगेश्वर धामको नवौं वार्षिक साधारणसभा सम्पन्न

 

रुपन्देहि तिलोत्तमा—४, डिङ्गरनगर स्थित श्रृंगेश्वर धामको नवौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षता तथा दुर्गा बैदिक परमानन्द आश्रमका पीठाधीश स्वामी विवेकानन्द सरस्वती महाराजजीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, धामका आजीवन सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो । साधारणसभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष भण्डारीले धाममा हालसम्म विशिष्ट आजीवन सदस्य सहित ७०६ जना आजीवन सदस्यहरु रहेको जानकारी दिनुभयो । धाममा सञ्चालनमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवामा ११५ जना ज्येष्ठ नागरिक भर्ना रहेता पनि ८० जनाले दैनिक सेवा लिएको उल्लेख गर्दै अध्यक्ष भण्डारीले निःशुल्क आवासीय छोरी शिक्षा कार्यक्रममार्फत् १४ जनाले अध्ययन सेवा प्राप्त गरेको जानकारी गराउनुभयो । धामका सचिव गणेश प्रसाद कंडेलको सञ्चालन, उपाध्यक्ष नेत्रप्रसाद ज्ञवालीको स्वागतमा भएको साधारणसभामा कोषाध्यक्ष मोतीलाल भण्डारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारण सभाले अध्यक्ष ऋषि भण्डारीले पस्तुत गरेको प्रतिबेदन तथा कोषध्यक्ष मोतिभण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको छ । धामका सहयोगी तथा आजीवन सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा संरक्षक डा. नारायण पन्थ, सल्लाहकार टिकाराम घिमिरे, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष ओमिकला पुन, वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाइ,वडा सदस्य मित्रलाल न्यौपाने, जनज्योती माविका अध्यक्ष दिवाकर ढकाल, आजीवन सदस्यद्धय धर्माङगत ज्ञवाली, कविता अर्याल लगायतले धामको विकास र आगामी कार्यदिशाको बारेमा बोल्नुभएको थियो । उहहरुले धामले मुलुकै उत्कृष्ट काम गरेको भन्दै प्रशसा गदै सरकारले गर्नुपर्ने काम समाजका अगुवा हरुले गरेको बताउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.