बुटवल । नेपालमा जैविक फोहोरबाट उत्पन्न हुने मिथेन उत्सर्जन घटाउनु अत्यन्तै महत्वपूर्ण वातावरणीय प्राथमिकता हो । नेपालमा खाद्य फोहोर, कृषि अवशेष तथा अन्य जैविक रूपमा विघटनशील पदार्थहरू प्रायः खुला डम्पिङ स्थल तथा उचित व्यवस्थापन नभएका ल्याण्डफिलमा फालिने गरिन्छ। यस्ता फोहोरहरू अक्सिजनरहित अवस्थामा विघटन हुँदा मिथेन ग्यास उत्पादन हुन्छ, जुन अत्यन्त शक्तिशाली हरितगृह ग्याँस हो र जलवायु परिवर्तनमा ठूलो योगदान पु¥याउँछ । नेपालले पेरिस सम्झौताअन्तर्गत आफ्नो राष्ट्रिय रूपमा निर्धारित योगदान मार्फत मिथेन सहित हरितगृह ग्यास उत्सर्जन घटाउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैले जैविक फोहोरको उचित व्यवस्थापन तथा मिथेन उत्सर्जनका अन्य प्रमुख स्रोतहरूको नियन्त्रण अहिले राष्ट्रिय स्तरको अत्यावश्यक आवश्यकता बनेको छ । यसै सन्दर्भमा, सन् २०२४ देखि जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले नेपालका विभिन्न मन्त्रालय तथा स्थानीय तहका प्रतिनिधिहरूलाई जापानद्वारा कार्यान्वयन गरिएका ज्ञान आदान–प्रदान कार्यक्रममार्फत मिथेन न्यूनीकरणसम्बन्धी प्रविधिहरू अवलोकन तथा अध्ययन गर्न आमन्त्रण गर्दै आएको छ । हालसम्म कुल २६ जना नेपाली प्रतिनिधिहरूले जापान भ्रमण गरी मिथेन उत्सर्जन घटाउनका लागि विकसित अत्याधुनिक प्रविधि तथा उत्कृष्ट अभ्यासहरूबारे व्यवहारिक अनुभव प्राप्त गरिसकेका छन् । गत अक्टोबर २६ देखि ३१, २०२५ सम्म भएको भ्रमण कार्यक्रममा बुटवल उप–महानगरपालिकका प्रमुख र पूर्वाधार विकास महाशाखामा प्रमुख र तिलोत्तमा नगरपालिका मेयर र उपमेयरले जापान भ्रमण गरी विभन्नि मिथेन ग्याँस घटाउने विधि र उच्च प्रविधिबाट फोहरमैला व्यवस्थापन गर्ने तरिकाहरुको अवलोकन गरेर आउनु भएको थियो ।
यसै सन्दर्भमा जापानको उद्योग, व्यापार तथा वातावरण मन्त्रालयका दुईजना प्रतिनिधि, ए.ओ.टि.एस.जापानका २ जना प्रतिनिधिहरु र कावाशिमा कम्पनीका अध्यक्ष तथा फोहर व्यवस्थापनका मुख्य श्रोत व्यक्ति सहित ५ जनाको टोलीले पुस २८ गते तिलोत्तमा नगरपाललिकाको फोहर व्यवस्थापन केन्द्र, वडा नं. १४ मा रहेको लुम्बिनी एग्रो एण्ड लाईभस्टक रिसर्च प्रा.लि. र अष्ट्रिच फार्मको अवलोकन गरी त्यहाँ भएका क्रियाकलापहरु र समस्याका बारेका छलफल गरेको थियो । सोही दिन तिलोत्तमा नगरपाललिकामा गई उप–प्रमुख जगेश्वरीदेवी चौधरी र कर्मचारीहरुको टिमसँग बसी कसरी फोहर व्यवस्थापन राम्रो गर्ने, मिथेन कसरी घटाउने भन्ने विषयका साथै कसरी दुक्षीय सहयोग आदान प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । पुस २९ गते अर्थात् मंगलबार तिलोत्तमा नगरपालिका र बटुवल उप–महानगरपालिमाका वातावरण, पशपंछी, योजना शाखाका कर्मचारीहरु, फोहर व्यवस्थापन संग सम्बन्धित विभिन्न संस्था र सहकारीका २४ जना प्रतिनिधिहरुको सहभागितामा जैविक फोहरको उचित व्यवस्थापन गरी मिथेन ग्याँस कसरी घटाउने सकिन्छ भन्ने विषयमा सेमिनार गरिएको थियो । उक्त सेमिनारको उद्घाटन समारोहमा बुटवल उप–महानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालले बुटवल र तिलोत्तमा नगरपालिका मिलेर जापानको प्रविधि ल्याउन पहल गर्ने र जापान सरकारलाई सहयोग गर्न पनि अनुरोध गर्नु भयो । त्यस्तै तिलोत्तमा नगरपालिका नगरपालिका उप–प्रमुख जगेश्वर देवी चौधरीले आफुले जपान भ्रमण गरि फोहरमैला व्यवस्थापन र गाईफार्मबाट निस्कने मलको व्यवस्थान गरि मिथेन उत्सर्जन घटाएका विभिन्न प्रविधिहरु हेर्ने र सिक्न् मौका पाएको बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिका भ्रमण गरी विभिन्न स्थानहरुको भ्रमण गरि सल्लाहसुझाव दिनुभएकोमा धन्वाद दिँदै तिलोत्तमा नगरपालिका मिथेन उत्सर्जनमा कमी ल्याउन र फोहरमैलाको उचित व्यवस्थान गर्न सहकार्यकालागि तयार रहेको बताउनुभयो । त्यसैगरी जापानको उद्योग, व्यापार तथा वातावरण मन्त्रालयका सहाएक निर्देशक श्री सुगियुरा नास्चुकी र जापानको मानव संसाधन विकास केन्द्र, एओटिस्, नयाँ दिल्ली शाखाका महा–निर्देशक श्री रिका इयादोमीले दुवै नगरपलिकासँग उपरोक्त विषयहरुमा सहकार्य गर्न सकिने र सोकालागि आफुले सहयोग गर्न तयार भएको बताउनु भयो । उक्त कार्यक्रमा ३५ वर्षदेखि वातावरण क्षेत्रमा कार्यरत संस्था लवग्रीन नेपालका अध्यक्ष अमिरा दली र कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले सहजिकरण गर्नु भएको थियो भने कावाशिमा कम्पनीका अध्यक्ष केन्जी कावाशिमा र बैकल्पिक उर्जा विज्ञ डा.सविन जुवाले मिथेन ग्याँस र उत्सर्जन र व्यवस्थापन बारे प्रस्तुतीकरण गर्नु भएको थियो ।





