चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने पूर्वअर्थमन्त्री पौडेल

 

पूर्वअर्थमन्त्री तथा विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको बजेट कार्यान्वयनमा आउने भन्दै उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम रोकिने नभई कार्यान्वयनमा जाने स्पष्ट पारे । “यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको हो । होल्ड गरिएको निर्णय छिट्टै खुला हुन्छ,” उनले भने ।
 बुटवलमा आयोजना गरिएको ‘खेलाडीसंग विष्णु प्रसाद पौडेल’ कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्ने, जिल्लालाई ‘स्पोट्र्स हब’ का रूपमा विकास गर्ने र खेल पर्यटनमार्फत रोजगारी तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजना रहेको बताए ।
एको उनले स्पष्ट पारे। प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उक्त रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै काम अघि बढाइने तयारी रहेको जानकारी दिए।
“कुनै पनि समस्याको समाधान निराशा होइन,” उनले भने, “प्रतिकूलता र अवरोधलाई सकारात्मक सोचका साथ समाधान गर्नुपर्छ ।”
यसैबीच खेलाडी र जनप्रतिनिधिबीच समन्वयका लागि पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सहजीकरणको भूमिकामा अघि सार्ने प्रस्ताव पनि उनले राखे। सबै खेलका खेलाडीसँग संवाद, समस्या संकलन र समाधानका लागि जनप्रतिनिधिसँग सहकार्य गर्दै कार्यान्वयनसम्म लैजाने संवाद सूत्रका रूपमा गौचनलाई भूमिका दिने उनले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.