खुसीका अनमोल क्षण कुरिरहेका मतदाताले नभूँलून बिश्वदीप

 

बुटवल, १४ फागुन । मतदाताले ठीक एक हप्तामा हुने निर्वाचनको परिणामले ल्याउन सक्ने संभावित आशाका अनमोल क्षण कुरिरहेका छन । तर मतदानको बाकसमा आशा र निराशाको असन्तुलन कैद हुने खतरा उत्तिकै छ ।
रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले सन्निकटको निर्वाचनले गतिहिन र अस्थिर समाजलाई गतिवान र स्थिर बनाउने आशा लिएका छन । आशावादले नै व्यक्ति, समाज र देशमा सुखद र सुन्दर भविश्यको खाका कोर्न सक्ने उनी बताउँछन ।
‘यतिबेला नेताहरुले केही गर्न सकेनन्, केही गर्न पनि सकिदैन जस्तो एउटा डरलाग्दो भाष्य बनाईएको छ’ नेपाली कम्युनिष्ट पार्टीका तारा चिन्हका उम्मेदवार बिश्वदीपले भने– ‘ यहाँ केही हुँदैन, केही गर्न सकिदैन भन्ने भाष्य चिर्नै पर्दछ , यसमा मेरो भूमिका रहनेछ ।’
बिश्वदीपले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । नागरिकको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने ती बूँदा कायान्वयन गर्न सक्ने हो भने समाजमा विद्यमान धेरै निराशा चिरिन्छ । चुनावी प्रतिवद्धतापत्र मार्फत उम्मेदवार बिश्वदीपले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कलकारखाना र कृषि आदीमा जनताका सपना उमार्न, हुर्काउन र जीवन बदल्न खोजेका छन । र, त्यस्तो अनुभुती जनतालाई तब हुन्छ, जब नागरिकमा सरकार र जनप्रतिनिधिप्रति आशा र भरोशा जाग्छ ।
उनी भन्छन– ‘पुरानै सोच, पुरानै परम्परा, पुरानै नियम र पुरानै व्यवहारबाट जनताको आशा हुर्काउन सकिदैन । देशलाई एकतावद्ध बनाउदै टुक्रिएका मनहरुलाई जोड्न मेरो अधिकतम पहल रहनेछ ।’
नेकपाका उम्मेदवार बिश्वदीपले भनेझै विगतमा आशा र भरोशा गरिएका नेताहरु र पार्टीबाट धोका पाउँदा जनतामा निराशा छाएको हो । निराशावाद चरमचुलीमा पुग्नुको एउटा कारण नेताहरुको जीवनशैली र व्यवहार पनि हो ।
‘देशमा अहिलेको अवस्था आउनुको पछाडी थुप्रै कारण छन । तर त्यति धेरै बलिया कारण छैनन् ।’ उनले भने– ‘निराशा आउनुको खास कारण भ्रष्टाचार, कुशासन, बेरोजगारी, महंगी र नातावाद एवं कृपावाद हो । मूल जड यिनै हुन् ।’ राज्यका सामु थपिएका अनेकौं चुनौतीको कानूनी प्रवन्ध र दबाब सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
नागरिकले अहिले आर्थिक, राजनीतिक र सामाजिक जीवनको कष्टपूर्ण अवस्थाबाट बदलाव चाहेका छन । उम्मेदवारका रुपमा जनतासंगको अन्र्तक्रिया, प्रतिक्रिया, आक्रोश, सुझाव, सल्लाह र मायाबाट आफूले मनोभावना थप बुझ्न पाएको अनुभूति उनले सुनाए । तर चुनावी तयारीका कारण धेरै कुरा जनतालाई बताउन नपाएकाले मिडियाको सहारा लिनु परेको उनको गुनासो छ ।
अबका दिनमा निजी क्षेत्रलाई पनि विश्वासमा लिनुपर्ने अनिवार्य आवश्यकतामा उनले जोड दिए । ‘निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मूलुकमा विकास संभव छ । जनतामा अझै पनि परिवर्तनको तृष्णा छ । मर्न दिनु हुँदैन’–उनले भने । जनतामा आशा जगाउने दायित्व निर्वाचन पछिको नेतृत्वमा आउने पाण्डेको भनाई थियो ।
एक हप्तापछिको मतदान र त्यसको केही दिनमा देशले नयाँ नेतृत्व पाउने छ । नागरिकले आ–आफ्नो निर्वाचन क्षेत्रमा नयाँ जनप्रतिनिधि पाउने छन् । तर नागरिकले त्यस्तो जनप्रतिनिधि चाँहेका छन, जसले आशा जगाउने आट र विकास दिलाउने नेतृत्व गर्न सकोस । आशा जगाउन सक्दा बाध्यतावस जन्मभूमि छाडेकाहरु निर्धक्क गाँउ फर्किन सकूँन । यहीं चाहना हुर्काउदै बिश्वदीप घरदैलो गरिरहेका छन् ।
त्यसैले धमिलिएको देशको राजनीतिलाई सङ्गलो बनाउन मुहानदेखि सफा गर्ने आट, जाँगर र जोश बोकेका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउने ऐतिहासिक र महत्वपूर्ण जिम्मेवारी मतदाताको काँधमा आएको छ । सपना रोप्ने र उमार्ने बेलामा ध्यान दिईएन भने सपना हुर्काउन र जीवन बदल्न सम्भव छैन । – आफ्ना सपना हुर्काउने असल प्रतिनिधि भीडमा नभएको हुन पनि सक्दछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.