काँग्रेसले चुनाव भाड्न खोजिरहेको छ ः गोकर्ण विष्ट

काठमाडौं १२ कार्तिक – नेकपा एमालेका सचिव गोकर्ण विष्टले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणकालागि बाम एकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई साधै गरीब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरीबि र बेरोजगारी अन्त्यकालागि स्थीर सरकार चाहिने र त्यसका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए ।
‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैन तवसम्म देशको आर्थिक समृद्धि हुदैन ‘एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्तबाम भेलालाई सम्बोधनगर्दै उनले भने ‘गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण हुदैन त्यसैले कम्युनिष्टहरु एक भएर जनतालाई साधै गरीव राख्ने बर्गको विरुद्धलाग्नुपर्छ ।’
उनले देशमा साधै सरकार गठनगर्न अरुले कुन संकेत गर्छन भन्ने कुरा अन्त्यभएपछि समृद्धिको दिशामा गतिलिने बताए ।
उनले अहिले नेपाली काग्रेसले अरु शक्ति केन्द्रलाई प्रयोग गरेर चुनाव भाड्न लागिरहेको आरोप लगाए । तर त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए ।

कााग्रेस निभ्ने बेलाको बत्ति ः प्रदिप ज्ञवाली

यसैगरी नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अब वामएकताबाट कोहीपनि भाग्न नपाउने बताएका छन् । उनले कम्युनिष्टहरु धेरैदिन सरकारमा बस्न नपाएपनि बसेको समयमाछाप रहनेगरी काम गरेकोले देशको समृद्धि कम्युनिष्टले मात्र ल्याउने बताए । उनले बामतालमेलले प्रतिकृयाबादी बृत्तमा भूईचालो गएकोले कम्युनिष्टहरुले अधिनायकबाद ल्याउने हौवा पिटाएको आरोप लगाए । ‘यो चिल आयो भनेर हल्ला गरेर आफूले कुखुरा चोर्ने धुत्र्याई हो, उनले भने ‘हतास मानसिकता र निभ्ने बेलाको बत्तिहो ।’

पूाजीवादी क्रान्ति पूरा गर्न एकता ः दिनेश पन्थी

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धिकै लागि बाम गठबन्धन अपरीहार्य भएको बताएका छन् । ‘अहिले किसान मजदुरको नेतृत्वमा जनवादी जनवादी व्यवस्था नआएपनि समाजवादी आन्दोलनबाट पूाजीवादी क्रान्ति पूरा गर्न यो एकता हो’ उनले भने ।
पार्टी विलय हैन समाजवादी क्रान्तिको मोडल हो ःसुदर्शन बराल
नेकपामाओवादी केन्द्रका केन्दि्रय सदस्य सुदर्शन बरालले बामएकता देश विकासको सुत्र भएको बताएका छन् । उनले यो कुनै पार्टीमा विलय नभई समाजवादीक्रान्तिको मोडल भएको बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.