तिलोत्तमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा भएको छ । मंगलबार नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरे । मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमालाई सहयोगापेक्षी नगरपालिका घोषाणा गरिएको छ ।
मानवसेवा आश्रमले तिलोत्तमाको वडा नं. ६ मोक्षधाम परिसरमा सेवा केन्द्र सञ्चालनमा ल्याएका छ । त्यहाँ हाल १५० जना सहयोगापेक्षीहरु आश्रित रहेको जनाइएको छ । मानवसेवा आश्रमले मिसन २०८२ अभियान अन्तर्गत तिलोत्तमामा पहिलो ऐतिहासिक घोषणा गरेको हो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री तिमिल्सिनाले घोषणा स्वागतयोग्य काम भएको भन्दै अब कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गरे ।
घोषणाको क्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले सबैको सहयोगले यो काम सम्भव भएको बताए । वि.सं २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, कार्यपालिका सदस्य सुरेन्द्र श्री, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवालाहरुले घोषणाको औचित्यको बारेमा प्रकाश पारेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.