तिलोत्तमा, बैशाख २३ । तिलोत्तमा नगरपालिका वडा नं. १ र २ का नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ र २ मा फोटो खिचाई बायोमेट्रिक विवरण बुझाएका नागरिकहरूका लागि यहि बैशाख २५ गतेदेखि १५ दिनसम्म वडा नं. १ र २ मा वितरण गरिने नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी, आफ्नो विवरण दिइसकेका वडा नं. १ र २ का नागरिकहरूलाई आवश्यक कागजातसहित वडा कार्यालयमा उपस्थित भई परिचयपत्र लिन अनुरोध गरेको छ । परिचयपत्र लिनका लागि आवश्यक पर्ने कागजातहरूमा फोटो खिचेको राष्ट्रिय परिचयपत्र विवरण प्रमाणित गरिएको पर्ची, नागरिकताको प्रमाणपत्र (स्वयम् व्यक्तिको), बायोमेट्रिक विवरण दिएको व्यक्ति स्वयं उपस्थित हुनुपर्ने शाखा अधिकृत गणेश पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।