वामपन्थी नेता प्रदीप नेपालको निधन

बुटवल, वैशाख २३ । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए । त्यसपछि शिक्षा मन्त्री भएका थिए । रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.