पुष्प सहकारीको स्थापना दिवसमा रक्तदान तथा आँखा शिविर सम्पन्न

 

रुपन्देहि जेठ १२
बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
सहकारिले सहकारीका सदस्य र समुदायलाइ लाभहुने गरी आम्दा अस्पताल बुटवलमा कार्यक्रम गरेको हो ।
कार्यक्रमका बक्ताहरूले अन्य सहकारी तथा सामाजिक संघ–संस्थाहरूले पनि यस्तै प्रकारका सामाजिक क्रियाकलापमा अग्रसर हुनुपर्ने सुझाव दिएका थिए । उनीहरूले सहकारीलाई केवल आर्थिक कारोबारमा सीमित नराखी सामाजिक उत्तरदायित्वमा समेत सक्रिय रहनुपर्ने धारणा व्यक्त गरका छन । कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहिका अध्यक्ष भीम तुलाचनको लेसहकारीले सामाजिक क्षेत्रमा नमुना काम गरेको भन्दै सवैसहकारी हरुले यसप्रकारका काम गर्न सुझव दिनुभयो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष राम प्रसाद पाण्डेले सहकारीले समुदायर आप्ना सदस्यहरुको स्वास्थ्यलाइ ध्यान दिएर काम गरेको बताउनु भयो । कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहकारीका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले पुष्प बहुउद्देश्य सहकारी संस्थाको सामाजिक प्रतिबद्धता र जिम्मेवारीलाई अझ बलियो बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमअन्तर्गत आयोजित रक्तदान तथा आँखा परीक्षण शिविरमा सयौं स्थानीयवासी साथै आम्दा नेपाल बुटवलमा आएका सेवाग्राहिलेले लाभ लिएका छन् । रक्तदान कार्यक्रममा तिनदर्जन बढीं व्यक्तिहरूले स्वेच्छिक रक्तदान गरेका थिए भने आँखा शिविरमार्फत धेरै जनाले आँखासम्बन्धी परिक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए ।
आँखा शिविरमा सहभागीहरूले सहकारीले गरेको कार्यबाट आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमहरूले समुदायमा प्रत्यक्ष लाभ पु–याउने भन्दै आगामी दिनमा पनि निरन्तरता दिइनुपर्ने माग गरेका छन्।
संस्थाको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा रक्त सञ्चार,सेवा केन्द्र बुटवलको आँखा शिविरमाश्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग रहेको प्राविधिक सहयोग रहेको ब्यवस्थापक सरस्वति न्यौपानेले जानाकारी दिनुभयो ।
संस्थाको अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता, जिल्ला सहकारी संघ रुपन्देहिका अध्यक्ष भीम तुलाचनको प्रमुख आतिथ्यतामा सचिव कल्पना थापाको सञ्चालन तथा उपाध्यक्ष युवराज अमगाइको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष स्वास्थ्य कार्यक्रम आयोजना गरेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.