काठमाडौं । रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताउनु भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले यस्तो प्रस्ताव राख्नु भएको हो ।
यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उहाँले स्मरण गराउनुभयो । महानगरपालिकाको संख्या १०, उपमहानगरपालिका १५, नगरपालिकाको संख्या २२५ र गाउँ पालिकाको संख्या २५१ बनाएर स्थानीय तहको संख्या कुल ५०१ मात्रै गरियो भने वार्षिक करिब ३० अर्ब खर्च कम हुने सांसद घिमिरेले बताउनुभयो ।