किन धरापमा पर्दैछ नेपालमा समाजवाद निर्माणको बाटो ?

मुकुन्द न्यौपाने –
सुदृढ र वैचारिक रुपले स्पष्ट पार्टी निर्माणविना सामाजिक रुपान्तरणका कुरा केवल बनावटी मात्र हुन्छन् । मुलुकमा परिवर्तन र समाजमा रुपान्तरणको कामलाई अगाडि बढाउने हो भने पार्टीले स्पष्ट दिशावोध भएको चुस्त फुर्तिला र ज्ञानयुक्त विवेक बोकेका युवापंक्ति तयार गर्नुपर्छ।
परिवर्तनको आन्दोलनलाई जनताको जीवन समृद्धिको उचाइमा पुर्‍याउने हो भने पार्टीले जनताको ईच्छा आवश्यकता र भावनालाई आत्मसात गर्न सक्नुपर्छ र त्यस अनुसार आफ्नो संगठनलाई परिचालन गर्न सक्नुपर्छ।

आफ्नो ईच्छा पुरा गर्न जनतालाई उपयोग गर्ने आजको आचरणबाट पार्टी नेतृत्व मुक्त हुनुपर्छ । सुदृढीकरण भनेको बिचार, व्यवहार, संगठन र आचारण को सुदृढीकरण हो । यी चारकुरामा तलदेखि माथिसम्मका सम्पूर्ण कमिटीहरुलाई जोड्नु, सम्पूर्ण पार्टी सदस्यलाई कमिटीमा एकाकार गर्नु र कमिटीमा आवद्ध कार्यकर्तालाई “जनतालाई देउ, जनताबाटै लेउ” को आधारमा जनतासँगको घनिष्ठ सम्बन्धमा जोड्नु हो। सुद्धीकरण र सुदृढीकरण एकअर्कासित गाँसिएका बिषय हुन्। एउटाको अभावमा अर्को अपुरै रहन्छ।
नेकपा ( एमाले) भित्र लामो समयदेखि विचारको व्यवस्थापन, संगठनको व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनमा गम्भीर समस्याहरु देखापरेका छन् । छैठौं महाधिवेशनको तयारी कालदेखि उत्पन्न यी समस्याले अनेकौं उतार चढाव, फुट र बिखण्डन, आन्तरिक गुटबन्दी, आपसी खिचातानी, चरम मनमुटाव र अविश्वासको अवस्था पार्टीभित्र झाङ्गिएको छ।
पार्टीभित्र रहेका यी समस्याको समाधान गर्न नेतृत्वले सही विचार निर्माण गर्ने, आफ्नो काममा रहेका त्रुटिपूर्ण शैलीको गम्भीर रुपले समीक्षा गर्ने र “भावी भुलबाट बच्नको लागि विगतका भुलबाट सिक” भन्ने मार्क्सवादको शुत्रलाई आत्मसात गरेर अगाडि बढ्नु पर्छ ।
लेखक नेकपा एमालेका सल्लाहकार हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.