मणिग्राम, ०८ भाद्र, मंगलबार ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पस, व्यवस्थापन संकायको आयोजनामा एम.बी.एस. का विद्यार्थीका लागि शोधपत्र लेखन अभिमुखीकरण ( -Dissertation Orientation for M.B.S. Students) आज सम्पन्न भएको छ ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय, नेपाल कमर्स क्याम्पसका सहप्राध्यापक डा. प्रकाश श्रेष्ठले विद्यार्थीलाई शोधपत्रका लागि प्रस्तावना लेखन तथा तथ्यांक संकलन र विश्लेषणका बारेमा जानकारी दिनुभयो । कार्यक्रमका सहभागी एम.बी.एस. चौथो सेमेष्टरका विद्यार्थीहरूले शोधपत्र लेखनका लागि आवश्यक तयारीका विविध पक्षमा राखेका जिज्ञासाबारे डा. श्रेष्ठले उदाहरण सहित प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा, क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीका सहज सिकाईका लागि क्याम्पसले आवश्यक सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
क्याम्पसको व्यवस्थापन संकायका प्रमुख राजेन्द्र थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, सहायक प्राध्यापक मनोज पौडेल लगायतको सहभागिता रहेको थियो ।





