बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ८, सुख्खानगर स्थित राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अर्याल, उपाध्यक्षद्धयमा डम्बरदेव न्यौपाने, नमराज चापागाईं, सचिव हुमबहादुर जिसी, कोषाध्यक्ष होमनाथ उपाध्याय, सहसचिव सरिता लम्साल, सहकोषाध्यक्ष गोमा ज्ञवाली रहनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा गेहेन्द्रराज न्यौपाने, हुमनाथ तिवारी, संगीता पराजुली, भगवती पाण्डे, सन्तोषकुमार काफ्ले, राधिका खनाल, गीता पन्थी, सीता पाण्डे, नारायण प्रसाद भण्डारी, यमकला पाण्डे रहनुभएको छ । यसैगरी अधिवेशनले मोहन प्रसाद भण्डारी संयोजक तथा नारायणप्रसाद भुसाल र भवानी प्रसाद उपाध्याय सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ । अधिवक्ता बाबुराम पाण्डे संयोजक तथा लक्ष्मण प्रसाद अर्याल र दीपक प्रसाद घिमिरे सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनमा सहजीकरण गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई वडाध्यक्ष यज्ञ प्रसाद पंगेनी, समितिका निवर्तमान अध्यक्ष जीवनारायण पौडेललगायले बधाई तथा शुभकामना व्यक्त गर्दै मन्दिरको वृहत्तर विकासका लागि थप रचनात्मक काम हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष गोपाल प्रसाद न्यौपानेले राधाकृष्ण मन्दिरलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।