जेन जी प्रदर्शनकारी तोडफोडमा उत्रेपछि कर्फ्यु आदेश जारी भएसँगै सेना परिचालन
रुपन्देहि भदौ २३
जेन जी प्रदर्शनकारी तोडफोडमा उत्रेपछि काठमाडौमा कर्फ्यु आदेश जारी भएको छ । कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर सहित प्रभाभित क्षेत्रमा सेना परिचालन भएको छ ।
संसद् घेराउ गर्नका लागि जेन जी प्रदर्शनकारी पुगेपछि र ढुंगामुढा गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन भएको हो । जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको जिल्ला प्रशासन कार्यालयले जारिगरेको सुचनामा जनाइएको छ ।





