बुटवल, रुपन्देही —
एकदेव आले स्मृति प्रतिष्ठान नेपाललेको रुपन्देहीमा सम्पन्न दोस्रो केन्द्रीय अधिवेशनबाट लोकनाथ भण्डारीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष मोहनलाल पाण्डे, उपाध्यक्षहरू खड्कबहादुर क्षेत्री, सीता पौडेल र खड्कबहादुर कौशल, महासचिव दिनेश भुषाल, सचिवहरू लोकनाथ पाण्डे, लिलाधर खनाल र खगेश्वर काफ्ले, तथा कोषाध्यक्ष नारायण पौडेल रहेका छन्।
त्यस्तै, सदस्यहरूमा बिमला भट्टराई, सरस्वती घिमिरे कणेल, डोलबहादुर कुवर, डोलबहादुर रेश्मि, गोपाल रेश्मि, भिमप्रसाद बस्याल, रिषिराम शर्मा, भोजबहादुर खड्का, खगेन्द्र पौडेल, बालुराम भण्डारी, भिमलाल घिमिरे, प्रकाश पौडेल र इस्वरी भण्डारी रहेका छन्।

लेखा समितिको प्रमुखमा रवि तिमिल्सिना, सदस्यहरूमा कृष्ण पालुवा र दिलु शाही के.सी. चयन भएका छन्। साथै, नेत्र पोख्रेलको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ, जसमा प्रतिष्ठान र प्रवासी आन्दोलनमा सक्रिय वरिष्ठ व्यक्तिहरू समावेश गरिएका छन्।
कार्यक्रमका विशेष क्षणमा प्रतिष्ठानका संस्थापक अध्यक्ष गुरुप्रसाद शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सो अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपाल, दमौली–तनहुँका संरक्षक प्रतापलाल श्रेष्ठले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गर्नुभएको थियो।





