बुटवल, माघ ।
पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ का उम्मेदबार विष्णु प्रसाद पौडेलले यसपटकको निर्वाचन तुलनात्मक रुपमा सजिलो भएको दाबी गरेका छन । धेरै अप्ठयारो र धेरै सजिलो निर्वाचन लडेको स्मरण गर्दै उनले विगतका तुलनामा यसपटक धेरै सहज रहेको बताएका हुन । ‘यसपटक तुलनात्मक रुपमा सजिलो महसुस गरेको छु ।’–उनले भने । शनिबारसम्म २२ वटा वडाका कार्यालयको उद्घाटन, वडा परिचालन कमिटिको बैठक, त्यहाका अगुवा, जनसमुदाय, अन्य पार्टीहरुसंगको भेटघाटको आधारमा हेर्दा चुनाव जित्दै त्यस्तो गारो नरहेको दाबी गरे । ‘तर पनि गारो नभएको भन्दैमा आराम वा विश्राम गर्दैनौ ।’– उनले भने । प्रचार, परिचालनको कामलाई निरन्तरता समेत दिन कार्यकतालाई उनले आग्रह गरे । ‘हामीले काम गरेका छौ । हामीले काम गछौ । हामी कर्तब्यका रुपमा सेवक बनेर जनताका सरोकारका रुपमा काम गछौ ।’–भन्ने सन्देश घरघरमा पुगेर मतदाताहरुलाई दिनसमेत उनले आग्रह गरे ।
यसैगरि उनले विकास आयोजनाहरु नरोकिने भन्दै अत्यावश्यक सेवामा पर्ने सबैजसो विकासका आयोजनाहरुको बजेट निकास गर्ने सरकारबाट प्रतिवद्धता आएको बताए । चालु आर्थिक वर्षमा अधिकाश बजेट स्थगित भएका कुरा सत्य भएको भन्दै उनले बजेट नरोक्न वर्तमान मन्त्रीहरुलाई सुझाव दिएको बताए । ‘एकातर्फ पूजिगत खर्च भएन भन्ने र अर्कोतर्फ विकासका आयोजनाहरुको बजेट रोक्ने काम भएको छ ।’–उनले भने । आईतबार बुटवल उपमहानगरपालिका वडा नं. ६ को चन्द्रनगर कमिटिको भेटघाट कार्यक्रममा बोल्दै उनले विकासमा गति लिएको रुपन्देहीका सबै योजनाहरु अघि बढ्ने बताए । नीतिगत रुपमा नै ढोका खोल्ने क्रम रहेको उनले बताए ।
कार्यक्रममा स्थानिय अगुवा तथा नेता कृष्ण पोखरेलले वडामा रोकिएको खानेपानीको आयोजना, कवर्ड हल, सुर्खौला खोला ब्यवस्थापन जस्ता कामलाई अघि बढाउन सुझाव दिए । खेलकुदको हब, श्रवणपथको बाटो ब्यावस्थापनसंगै गुलजार बनाउने योजनालाई अघि बढाउनुपर्ने उनले बताए ।
यसैगरि बमघाटमा सत्यवचनका प्रतिनिधिसंग भेटघाट कार्यक्रमलाई समेत गुनासो सुन्ने काम गरेका छन । कार्यक्रमका संयोजन घनश्याम चापागाईले बमघाट क्षेत्रको समस्या र समाधानमा भएका ढिलाईबारे जानकारी गराएका थिए । आईतबार नै वडा नं. ९ को निर्बाचन परिचालन कमिटीको कार्यालय उद्द्घाटन भएको छ ।





