मर्चवार । रुपन्देही ४ नम्बर क्षेत्रमा पाटि भन्दा ब्यक्तिकाे पक्षमा मतादाता देखिएका छन् । ग्रामिण क्षेत्र रहेकाे उक्त गाउगाउमा स्थानिय मतादाताहरुले राम्राे ब्यक्ति छानेर मतदान गर्ने बताएका छन् । शनिवार बेथरि चाैक र झुलेनिपुर चाैकमा भेटिएका स्थानियले प्रतिनिधि सभा सदस्य पदमा पाटि भन्दा ब्यक्ति छानेर मतदान गर्ने बताएका हुन् । शनिवार बेथरि चाैकमा भेटिएका स्थानिय ईन्द्रादेवि लामिछानेले प्रमाेद कुमार यादवलाई मतदान गर्ने बताईन । ” सुखदुखमा भेटिने पाटि भन्दा पनि ब्यक्ति हाे । प्रमाेद जिलाई मतदान गर्ने हाे । ” यसैगरि बेथरिका मनाेहर मल्लाहले पनि पाटि नहेरि ब्यक्तिलाई मतादान गर्ने बताए । यसैगरि झुलेनिपुरमा भेटिएका डा. अकबल अहमदले स्थानिय समस्या बुझेकाे नेता चाहिने बताए । उनले भने, “विगतमा शुक्ला जिलाई सासद मन्त्री बनाएकाे हाे । कन्हैयालाई ५ बर्ष प्रदेशसभामा पठाएकाे हाे । अाशुताेष जि काठमाडौं बस्नेलाई मत दिने कुरा भएन । अब यहाँ प्रमाेद बाहेक अर्काे विकल्प छैन ।” साेहि ठाउँमा भेटिएका सुग्रिब प्रसाद यादवले झुलेनिपुरका स्थानियहरु फागुन २१ काे निर्वाचनमा प्रमाेदकाे पक्षमा रहेकाे बताए । सुग्रिब जस्तै राधेश्याम मल्लाहले खाद, मलकाे ब्यवस्थापन गर्ने नेतालाई मत दिने बताएका छन ।





