बुटवल,१ भदौ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीद्वारा बुटवलमा तीज मिलन तथा कालिगढ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका जिल्ला अध्यक्ष तुल्सी बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको समुद्घाटन गर्दै उप प्रमुख अर्यालले तीज महिला दिदीबहिनीहरुको महत्वपूर्ण पर्व भएकोले फजुल खर्च नगरी आफू सक्दो जे छ त्यहीमा रमाउन सक्नुपर्ने बताईन् ।
उनले सिलाई व्यवसायीमा महिला आत्मनिर्भर बनेको भन्दै आफू कमाउँदै व्यक्तिलाई रोजगार दिने काम उपलब्धिमुलक भएको बताईन् । उनले बुटवल उपमहानगरले महिला दिदीबहिनीहरुलाई विभिन्न सीपसंग जोड्दै सबैलाई समान रुपले विभिन्न तालिमहरु प्रदान गरेको बताईन् । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष राम कुमार रणपालले देशभर सिलाई पेशामा आवद्ध महिला दिदीबहिनीहरु स्वरोजगार बन्दै आत्मनिर्भर भएको बताउँदै यो पेशाबाट उनीहरुको आर्थिक विकासमा टेवा पुगेको बताए । परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, केन्द्रीय सदस्य सुभाष परियार, बुटवल नगर समिति अध्यक्ष राजेन्द्र राय यादव, प्रदेश सदस्य दुमन बराल, सल्लाहकार सुवर्ण कुमार परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रम सिलाई व्यवसायी संघ बुटवल नगर समिति, सैनामैना नगर समिति, तिलोत्तमा नगर समिति र देवदह नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा सिलाई पेशामा लामो समयदेखि काम गरेका १६ जना कालिगढहरुलाई दोसल्ला ओढाई प्रमाणपत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रम टिका आलेको संयोजकत्वमा महासचिव मधुमाया सेनले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।