श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कथा प्रवचन

 

बुटवल । बुटवल–८, सुख्खानगरस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्री १००८ स्वामी लोकानन्द जी महाराजले धर्म, अध्यात्म र श्रीकृष्ण भगवानको जीवन आदर्शका बारेमा प्रवचन दिनु भएको थियो । त्यसक्रममा उहाँले भगवान श्रीकृष्णले दिएको सत्य, प्रेम, करुणा र धर्मपरायणताको सन्देश आजको समाजमा अझै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले आध्यात्मिक उपदेशलाई जीवनमा लागू गर्न सके मानव जीवनको सार्थकता पुष्टि हुने उल्लेख गर्नुभयो । कार्यक्रममा श्रद्धालु भक्तजनहरुले कथा श्रवणका साथै भजन–कीर्तनमा सहभागी भएर धार्मिक आनन्द लिएका थिए । कार्यक्रममा मन्दिरका संस्थापक अध्यक्ष टिकाराम भण्डारीले आध्यत्मिक प्रवचन तथा भजनकिर्तनका कार्यक्रमले धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश दिने जनाउँदै यस्ता कार्यक्रम सुरुवात्बाट नैं चल्दै आएको जानकारी दिनुभयो । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवनारायण पौडेलको अध्यक्षता उपाध्यक्ष गोपाल न्यौपानेको स्वागत तथा सचिव नवराज चापागाईंको सञ्चालन सम्पन्न भएको हो । कार्यक्रममा बिहानै देखि राति १२ बजे सम्म अखण्ड भजन संचालन भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.